चर्काे विरोधपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार
वीरगंज संजाल
११ बैशाख २०७७, बिहीबार १३:२७
२७३१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पार्टी विभाजनसँग सम्बन्धित अध्यादेश फिर्ता लिन तयार भएका छन् ।
पार्टीभित्र र बाहिरबाट चर्काे विरोध भएपछि ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।बिहीबार बालुवाटारमा कार्यबाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेशले अनावश्यक विवाद सिर्जना गरेको भन्दै आफू पार्टी विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको बताएको बालुवाटार स्रोतले जनाएको छ ।
संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।