जनकपुरधाम | प्रदेश २ सरकाले कोरोना भाइरसको जाचँको लागि आवश्यक पीपीई र आरडीटी किट आठै जिल्लाको विभिन्न अस्पताल तथा प्रयोगशालामा उपलब्ध गराएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल र नारायणी अस्पताल विरगंजमा क्रमशः १६० र १ हजार थान र्यापीड डाइगनोष्टीक टेस्ट कीट उपलब्ध गराएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै पर्सा जिल्ला स्वास्थ्य कार्यालयमा ३ सय थान, रौतहट जिल्ला स्वास्थ्य कार्यालयमा ५ सय थान, महोत्तरी जिल्ला स्वास्थ्य कार्यालयमा ५ सय थान, धनुषा जिल्ला स्वास्थ्य कार्यालयमा ३ सय थान, सिरहा जिल्ला स्वास्थ्य कार्यालयमा ६ सय थान , सप्तरी जिल्ला स्वास्थ्य कार्यालयमा ५ सय थान, प्रादेशिक प्रयोगशालामा २० थान आरडीटी किट वितरण गरिएको हो । त्यस्तै जिल्लाहरुमा सञ्चालित अस्पतालहरुमा समेत आरडीटी किट उपलब्ध गराइएको सचिव घिमिरेले जानकारी दिए ।
प्रदेश सरकारले गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा २५ थान, प्रादेशिक अस्पताल जनकपुरमा २५ थान, प्रादेशिक प्रयोगशालामा २५ थान, रौतहट अस्पतालमा १० थान, नारायणी अस्पतालमा १७ थान पीपीई उपलब्ध गराइएको हो ।
अहिले विरगंज स्थित नारायणी अस्पतालमा १ हजार थान आरडीटी किट उपलब्ध रहेको छ भने १ सय ५० फुल सेट पीपीई र २ सय अन्य पीपीई गरी कुल ३ सय ५० थान पीपीई रहेको छ । त्यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा १ सय २० थान आरडीटी किट, डिस्पोजेवल गाउन ९९ र पुनःप्रयोग गर्न मिल्ने गाउन ५४ थान रहेको सचिव डा। घिमिरेले जानकारी दिए ।