लकडाउनको उलंघन गर्दै पोखरिया नगर पालिका वडा न.३ का वडा अध्यक्षको छोराले पदको दुरुपयोग गर्दै
वीरगंज संजाल
६ बैशाख २०७७, शनिबार १८:५२
३५१७
बिरगंज ।लकडाउनको उलंघन गर्दै पोखरिया नगर पालिका वडा न.३ का वडा अध्यक्षको छोराले पदको दुरुपयोग गर्दै सरकारी मोटरसाइकल निजि काममा बिरगंज घुम्दै गर्दा प्रहरीको नियन्त्रणमा ।
बिश्वमा कोभिड १९ कोरोना भाईरसको महामारीका कारणले गर्दा त्रास फैलिए सङ्गै नेपालमा पनि यसबाट बच्नको लागि नेपाल सरकारले चैत्र ११ गते देखि लकडाउन गरेको थियो ।लकडाउन भएको आज शनिबार २६ औं दिन भएको छ ।आम जनताहरु लकडाउनको पालना गर्दै आईरहेको छ ।भोक भोकै , औसधि उपचार नपाएर गरिब जनताहरु छटपटाईरहेको स्थिति छ ।
त्यता पट्टि स्थानीय सरकार र जनप्रतिनिधिहरुको ध्यान गैई रहेको छैन तर पदको दुरुपयोग गर्दै लकडाउनको उलंघन गर्दै पोखरिया नगर पालिका वडा न.३ का वडा अध्यक्ष अजय साह कलवारको छोराले ना. १ ब ३७६६ नम्बरको सरकारि मोटरसाईकल आफ्नो निजि प्रयोग ( घुम्नको ) को लागि पोखरिया देखि बिरगंज आएको र चेकजाच गर्ने क्रममा माईस्थानमा सो मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको मोटरसाइकल कार्वाहीको लागि घन्टाघरमा रहेको बिपि उधानको खालि ठाउमा पठाएको छ ।यश अघि पनि लकडाउन उलंघन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको र लकडाउन पछी छाडने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।