बिरगंज। पर्सा बहुदरमाई गा.पा.वडा नं. ७ बस्ने प्रभु साह कलवारले लुकाई छिपाई आफ्नै घरमा घरेलु मदिरा उत्पादन गर्ने भठ्ठी संचालन गरेको छ भन्ने सूचनाको अाधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले निज प्रभु साह
कलवारले संचालन गरेको भठ्ठी तथा सो भठ्ठीमा तयारी कच्चा पदार्थ २००० लिटर, मदिरा तयार पार्न राखिएको कालो सख्खड (मिठा) ४ बोरा सहित भाडाकुडा लगायतका सर-समानहरु स्थानीय भद्र भलादमीको रोहब्बरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।