• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेलायती प्रधानमन्त्रीको स्वास्थ्य त सुध्रियो तर देशको बिग्रियो

  • वीरगंज संजाल
  • २ बैशाख २०७७, मंगलवार ०६:१२
  • २३१७

    एजेन्सी- कोरोना भाइरसको संक्रमणमा परेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार आयो। उनी अस्पतालको आइसियूमा तीन दिन बिताएर अहिले सरकारी निवासमा आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य त सुधारियो। तर देशको अवस्थामा भने सुधारो बाटोमा छैन।


    हरेक दिन कोरोना भाइरसको संक्रमणको कहरबाट बेलायतको अवस्था खस्कँदै गइरहेको छ। बेलायत अहिले युरोपका देशहरुमध्ये सबैभन्दा खराब अवस्था भएको देशमा पुगेकाे छ। केही साता अगाडिसम्म स्पेन र इटलीको अवस्था दयनीय थियो। अहिले बेलायतको अवस्था त्योभन्दा फरक नभएको बिबिसीले विज्ञहरुलाई उदृत गर्दै समाचार लेखेको छ।



    बेलायतका स्वास्थ्यविज्ञहरुले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न राज्यले जे जस्तो काम गरिरहेको छ र जे तयारी छ त्यो पर्याप्त नभएको भन्दै आलोचना गरेका छन्।



    कोरोना भाइरस संक्रमित अन्य युरोपेली देशको तुलनामा बेलायतको अवस्था बिग्रिसकेको थिएन। तर संक्रमितको संख्या बढेसँगै कोरोना संक्रमण भए नभएको पत्ता लगाउन बढाउनुपर्ने परीक्षणको गति बढाउन नसक्दा अवस्था बिग्रँदै गएको हो।



    सामाजिक दुरी कायम गराउने मामलामा समेत सरकारी पक्ष प्रभावकारी हुन सकेन। लकडाउन गराउन समेत केही ढिला भएको विज्ञहरुको मत छ।



    ‘प्रतिदिन एक लाख जनाको कोरोना भाइरस परीक्षण गर्ने क्षमता हामीले कसरी नाटकीय रूपमा बढाउन सक्छौं भन्ने मैले बुझेको छैन,’ युके युनिभर्सिटीमा माइक्रोबायोलोजीका एसोसिएट प्रोफेसर साइमन क्लार्कले भने, ‘अन्य देशले पनि परीक्षणलाई तीव्र बनाउने तयारी गरिरहेका छन्। यसले परीक्षण किट उत्पादनको भार बढाउने छ।’



    अहिले बेलायतमा सरकारको आलोचना भइरहेको पक्ष केवल परीक्षणको मात्रै होइन। कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले जसरी पब्लिक हेल्थ सर्भिसमा दबाब कम गराउने रणनीति बनाउन सक्थ्यो सो रणनीति बेलैमा नबनाएकोमा पनि आलोचना भइरहेको छ।



    घरमा बस्न र शंका लागेको अवस्थामा आफैं आइसोलेसनमा बस्न आम नागरिकलाई समयमै प्रोत्साहित नगरेकोमा पनि सरकारको आलोचना भइरहेको छ। बेलैमा सामाजिक दुरी कायम गराउन प्रोत्साहित गर्न सकेको भए र प्रारम्भिक लक्षण देखिएकै भरमा अस्पताल जाने प्रवृत्तिमा सुधार गर्न सकेको भए अस्पतालमा अनावश्यक दबाब नबढ्ने भन्दै विज्ञहरुले बेलायत सरकारको आलोचना गरिरहेका छन् अहिले।



    कोरोना संक्रमण बढरहेको अवस्थामा संक्रमितको उपचारका लागि सरकारले अस्पतालहरुमा आइसियू बेड र भेन्टिलेटरको संख्या बढाइरहेको छ। तर यसले मात्र अस्पतालभित्रको दृष्य सुधार्न सकेको भने छैन।



    चिकित्सक र स्वास्थ्यकर्मीहरुले आफूहरुले चाहेको अवस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नपाएको भन्दै गुनासो गरिरहेका छन् अहिले पनि। सोमबार रोयल कलेज अफ नर्सिङ्गले सूचना निकालेर आफ्नो कार्यक्षेत्रमा खटिन सुरक्षित नलागे अस्वीकार गर्न आग्रह गरिसकेको छ।



    ‘यदि अस्पताल प्रशासनले आवश्यक मात्रामा पिपिई उपलब्ध गराउन सक्दैन र काममा खटिनका लागि सुरिक्षत वातावरण बनाउन सक्दैन भने बिरामीको स्यहारमा खटिन अस्वीकार गरे हुन्छ,’ सूचनामा भनिएको छ।



    जब जोन्सन पूरै ठिक भएर काममा फर्कने छन् त्यो बेलामा उनले यी सबै अवस्थाको अनुभव गर्ने छन् या छैनन् होला!



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑