• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विश्व

    तालिबानसँगको सम्झौताको अन्तिम तयारीको अवस्थामा काबुलमा विस्फोट

  • वीरगंज संजाल
  • Sep 3, 2019, 5:58 pm
  • २१५१

    एजेन्सी : अफगानिस्तानमा सरकारसँग द्वन्द्व जारी राखेका तालिबान लडाकू समूह र वासिङ्टनबीच शान्ति सम्झौता अन्तिम चरणमा पुग्न लागेको अस्थावमा अफगानिस्तानको राजधानीमा पुनःभीषण विस्फोट भएको छ ।

    काबुलको आवासिय क्षेत्रमा भएको यस विस्फोटमा परी कम्तीमा १६ सर्वसाधारण मारिएका छन् । यस विस्फोटमा परी अन्य ११७ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।

    सोमबार बम विस्फोट भएको यस समयमा अमेरिकी विशेष दूत जाल्मे खलीलजाद अफगानिस्तानको राजधानी काबुलमा प्रस्तावित सम्झौताको बारेमा छलफल गर्न आएका थिए ।

    उहाँ अफगानिस्तानमा तालिबान लडाकू र अमेरिकाबीच शान्ति सम्झौता हुनलागेको यस अन्तिम समयमा यहाँ रहेका अमेरिकी सेना फर्काउने विषयमा सम्झौताको लागि आएका थिए ।

    गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीकाअनुसार विष्फोटक पदार्थले भरिएको एउटा ट्याक्टर ग्रीन भिलेज नामक अन्तरराष्ट्रिय संघ, संगठनलगायत विदेशी बस्ने आवासीय भवन पनि रहेको कमाण्डमा पर्खालमा सो विस्फोट गराइएको थियो ।

    यस विस्फोटमा परी १६ सर्वसाधारणको मृत्यु हुनेको साथै अन्य ११९ जना घाइते भएका रहिमीले पुष्टि गरेका छन् ।

    केही दिनयता तालिबान लडाकूले गरेको यो तेस्रो ठूलो आक्रमण हो । सप्ताहन्तमा अफगानिस्तानको उत्तर भागमा पर्ने दुई प्रमुख शहरमा भएका भीषण आक्रमणमा दर्जनौं सुरक्षाबल र नागरिकलाई मारिनुको साथै घाइते भएका छन् ।

    अल कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो । उक्त समयमा एक लाख ३० हजारभन्दा बढी अमेरिकाको नेतृत्वमा नेटो सेना अफगानिस्तानमा प्रवेश गरेका थिए ।

    सन् २०१४ को डिसेम्बरमा ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै प्रायःनेटो सेना अफगानिस्तानबाट आ–आफ्नो देश फर्किएका थिए । सोही समयबाट हालसम्म करिब १४ हजार अमेरिकी सेना अझै अफगानिस्तानमा रहेका अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।

    यतिखेर भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको चर्चा शुरु भएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आठ हजार ६०० सेना मात्र अफगानिस्तानमा रहने बताएका थिए ।

    वासिङ्गटनले गत बिहीबार अफगानिस्तानमा रहेका अमेरिकी सेनाको सङ्ख्या आठ हजार छ सयमा झार्ने घोषणा गरेको थियो । तालिबान लडाकू समूहसँग अमेरिकाले गरिरहेको शान्ति वार्ता टुङ्गो लाग्न लागेको बेला उक्त घोषणा भएको बताइएको थियो ।

    सन् २००१ सेप्टेम्बर ११ मा भएको न्युयोर्क र वासिङटनमा करिब तीन हजारको ज्यान जाने गरी भएको आक्रमणको एक महिनापछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश प्रशासनले सन् २००१ को अक्टोबर ७ मा अफगानिस्तानमा अमेरिकी सेना पठाउने निर्णय गरेको थियो ।

    अफगानिस्तानमा उक्त समयमा कट्टरपन्थी तालिबान शासकले ओसामा बिन लादेन र उनको नेतृत्वमा रहेको अल कायदा नामक आतंककारी संगठनलाई शरण दिइरहेको थियो । ट्वीन टावरमाथि आक्रमण सोही समूहले गरेको थियो ।

    यसै कारण उक्त संगठनमाथि अमेरिकाको नेतृत्वमा कारबाही शुरु भएको थियो । अमेरिकी सेनाको नेतृत्वमा पछि केही नेटो सैन्यको पनि सहभागिताबाट अफगानिस्तानमा तालिबानमाथि कारबाही थालियो र यसलाई आतङ्कवाद बिरूद्धको युद्ध भनिएको थियो ।

    सन् २०१४ को डिसेम्बरमा अमेरिकी नेतृत्वमा रहेका प्रायःसैनिक अफगानिस्तानमा फर्किसकेका थिए । अमेरिका र अफगानिस्तानबीच भएको सम्झौता अनुरुप १२ हजार ५०० विदेशी सैनिक अफगानिस्तानमा रहने सम्झौता भएको थियो । हाल यस संख्यालाई अझै कटाएर आठ हजार ६०० जना मात्र अमेरिकी सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकाले प्रस्ताव गरेको छ ।

    उता अफगान तालिबानसँग अमेरिकाले शान्तिवार्ता जारी राखेको बताइएको छ । शान्ति वार्ता जारी रहेका बेला यता अमेरिकाले भने अफगानिस्तानबाट सेना कटौतीको प्रस्ताव गरेको थियो । तालिबान लडाकू समूहले भने आक्रमणको क्रमलाई अन्त्य गरेको छैन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑