• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सुख्खा बन्दरगाहमा २२ सय कन्टेनर रोकिए

  • वीरगंज संजाल
  • Apr 8, 2020, 11:37 pm
  • ५२०३

    वीरगन्ज | वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा भारत तथा तेश्रो मुलुकबाट नेपालका लागि आयात गरिएका मालसामानका २ हजार भन्दा बढी कन्टेनर रोकिएका छन् ।  सिर्सिया सुख्खा बन्दरगाहमा बुधबारसम्म २ हजार २ सय भन्दा बढी कन्टेनर रोकिएको बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।
     
    श्रेष्ठका अनुसार बन्दरगाह परिसरमा थन्किएका कन्टेनरमा खाद्यान्न र खाद्य उद्योगका कच्चा पदार्थ ( दाल , केराउ , मकै , तोरी , भटमास , पशु र कुखुराका दाना) रहेका छन् । भारत तथा तेश्रो मुलुकबाट भारतीय रेलमार्गहुँदै ल्याइएका कन्टेनर स्थानीय प्रशासन र प्रहरीको असहयोगका कारण बन्दरगाहबाट जाँचपास हुन नसकेका कारण रोकिएको भन्सार प्रमुख श्रेष्ठले बताए ।

    लकडाउनमा मालवाहक गाडीको आवागमनमा कुनै असर नपर्ने सरकारले भनेको छ । तर, बन्दरगाहमा आइपुगेका मालसामानका कन्टेनर गन्तव्यमा पठाउन अवरोध भइरहेका कारण २ हजार २ सय भन्दा बढी कन्टेनर थुप्रिएको श्रेष्ठले बताए । 

    कन्टेनर बोकेर गन्तव्यमा हिँडेका गाडीलाई ठाउँ ठाउँमा प्रहरीले रोकेर अवरोध गर्दै आएका कारण चालक कन्टेनर लिन बन्दरगाहमा आउनै नमानेको श्रेष्ठले बताए । ‘लकडाउनमा काठमाडौंका कन्टेनर पठाउनै सकिएको छैन, श्रेष्ठले भने, ‘अहिले पर्सा बारालगायत नजिकका मात्रै कन्टेनर जाँचपास भएर गइरहेका छन् अन्य टाढाका कन्टेनर पठाउनै सकिएको छैन।’

    ‘बाटोमा ठाउँ ठाउँमा कन्टेनरका गाडी रोकेर प्रहरीले लकडाउनमा अत्यावश्यक बाहेकका मालवस्तुको गाडी चलाउन नपाइने भन्दै चालकलाइ गन्तव्यमा पुग्न अवरोध गरेका छन्, श्रेष्ठले भने, ‘त्यहि भएर गाडी लिएर चालक बन्दरगाह आउनै मानेका छैनन्।’

    लकडाउनमा घर गएका चालक पनि नआएका कारण ढुवानीका लागि गाडी अभाव भएको उनले बताए । यसका साथै मालसामान लोड अनलोड गर्ने मजदुर, आयाकर्ता र एजेन्टलाइ पनि प्रहरीले बाटोमा रोकेर अवरोध पुरयाइरहेकाले उनीहरु पनि बन्दरगाहसम्म सहज रुपमा आउन नसकेको अवस्था रहेको श्रेष्ठले बताए ।

    भारत तथा तेश्रो मुलुकबाट रेलमार्गहुँदै मालसामान साबिककै परिमाणमा आइरहेको भएपनि बन्दरगाह भन्सारबाट जाँचपास हुन नसकेका कारण कन्टेनरहरु थुप्रिइरहेको श्रेष्ठले बताए । लकडाउनभन्दा पहिलेका दिनमा दैनिक ३ देखि ४ सय कन्टेनर बन्दरगाहबाट जाँचपास हुने गरेको पनि जानकारी उनले गराए ।  दिनहुँ कन्टेनर थुप्रिदै गएका कारण अब भारतबाट रेलले बोकर ल्याउने कन्टेनरहरु राख्ने ठाउँको पनि अभाव हुन थालेको उनले बताए।

    लकडाउनमा राजश्व संकलन आधा मात्रै 

    कन्टेनर जाँचपास नभइ थुप्रिएका कारण भन्सारको राजश्व असुलीमा पनि गिरावट आएको श्रेष्ठले जानकारी दिए ।भन्सार विभागले चैत महिनमा ३ अर्ब ३४ करोड राजश्व संकलनको लक्ष्य दिएको छ । तर, सुख्खा बन्दरगाह भन्सार कार्यालयले चैत २५ सम्म लक्ष्यको ५४ प्रतिशत मात्र अर्थात १ अर्ब ७२ करोड रुपैयाँमा मात्र राजश्व संकलन गर्न सकेको उनले बताए ।

    श्रेष्ठका अनुसार, लकडाउन भन्दा पहिले फागुन महिनामा सुख्खा बन्दरगहा भन्सार कार्यालयले लक्ष्य भन्दा ६ प्रतिशत बढि नै अर्थात ३ अर्ब ५५ करोड रुपैयाँ राजश्व उठाएको थियो । 

    कच्चा पदार्थ नहुँदा खाद्यान्न उद्योग बन्द हुने अवस्थामा 

    बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका खाद्यान्न उद्योगी अहिले जेनतेन गरी चलिरहको भएपनि कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा पुग्न थालेका छन् ।  नेपाल चामल तेल दाल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताका अनुसार, पर्सा बारा औद्योगिक कोरिडोरममा २ सय ५० खाद्यान्न उद्योग छन् । ती मध्ये अहिले ५० उद्योग मात्र चलिररहेका छन्,गुप्ताले भने, ‘ती पनि कच्चा पदार्थ र मजदुरको अभावमा क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरिरहेका छन्।’
     
    कच्चा पदार्थको आयात सहज नहुने भने अहिले चलेका खाद्यान्न उद्योगहरु पनि अबको १०÷१५ दिन भित्र बन्द हुने निश्चित रहेको गुप्ताले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले भने, ‘लकडाउनमा सरकारले एउटा निर्णय गर्छ तर सडकमा खटिएका प्रहरीले आफ्नै कानुन चलाइरहेका छन् जसका कारण ढुवानीमा अवरोध भइरहेको हो।’क्रान्ति शाह  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑