• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुख्खा बन्दरगाहमा २२ सय कन्टेनर रोकिए

  • वीरगंज संजाल
  • २६ चैत्र २०७६, बुधबार २३:३७
  • ६२२७

    वीरगन्ज | वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा भारत तथा तेश्रो मुलुकबाट नेपालका लागि आयात गरिएका मालसामानका २ हजार भन्दा बढी कन्टेनर रोकिएका छन् ।  सिर्सिया सुख्खा बन्दरगाहमा बुधबारसम्म २ हजार २ सय भन्दा बढी कन्टेनर रोकिएको बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले जानकारी दिए ।
     
    श्रेष्ठका अनुसार बन्दरगाह परिसरमा थन्किएका कन्टेनरमा खाद्यान्न र खाद्य उद्योगका कच्चा पदार्थ ( दाल , केराउ , मकै , तोरी , भटमास , पशु र कुखुराका दाना) रहेका छन् । भारत तथा तेश्रो मुलुकबाट भारतीय रेलमार्गहुँदै ल्याइएका कन्टेनर स्थानीय प्रशासन र प्रहरीको असहयोगका कारण बन्दरगाहबाट जाँचपास हुन नसकेका कारण रोकिएको भन्सार प्रमुख श्रेष्ठले बताए ।

    लकडाउनमा मालवाहक गाडीको आवागमनमा कुनै असर नपर्ने सरकारले भनेको छ । तर, बन्दरगाहमा आइपुगेका मालसामानका कन्टेनर गन्तव्यमा पठाउन अवरोध भइरहेका कारण २ हजार २ सय भन्दा बढी कन्टेनर थुप्रिएको श्रेष्ठले बताए । 

    कन्टेनर बोकेर गन्तव्यमा हिँडेका गाडीलाई ठाउँ ठाउँमा प्रहरीले रोकेर अवरोध गर्दै आएका कारण चालक कन्टेनर लिन बन्दरगाहमा आउनै नमानेको श्रेष्ठले बताए । ‘लकडाउनमा काठमाडौंका कन्टेनर पठाउनै सकिएको छैन, श्रेष्ठले भने, ‘अहिले पर्सा बारालगायत नजिकका मात्रै कन्टेनर जाँचपास भएर गइरहेका छन् अन्य टाढाका कन्टेनर पठाउनै सकिएको छैन।’

    ‘बाटोमा ठाउँ ठाउँमा कन्टेनरका गाडी रोकेर प्रहरीले लकडाउनमा अत्यावश्यक बाहेकका मालवस्तुको गाडी चलाउन नपाइने भन्दै चालकलाइ गन्तव्यमा पुग्न अवरोध गरेका छन्, श्रेष्ठले भने, ‘त्यहि भएर गाडी लिएर चालक बन्दरगाह आउनै मानेका छैनन्।’

    लकडाउनमा घर गएका चालक पनि नआएका कारण ढुवानीका लागि गाडी अभाव भएको उनले बताए । यसका साथै मालसामान लोड अनलोड गर्ने मजदुर, आयाकर्ता र एजेन्टलाइ पनि प्रहरीले बाटोमा रोकेर अवरोध पुरयाइरहेकाले उनीहरु पनि बन्दरगाहसम्म सहज रुपमा आउन नसकेको अवस्था रहेको श्रेष्ठले बताए ।

    भारत तथा तेश्रो मुलुकबाट रेलमार्गहुँदै मालसामान साबिककै परिमाणमा आइरहेको भएपनि बन्दरगाह भन्सारबाट जाँचपास हुन नसकेका कारण कन्टेनरहरु थुप्रिइरहेको श्रेष्ठले बताए । लकडाउनभन्दा पहिलेका दिनमा दैनिक ३ देखि ४ सय कन्टेनर बन्दरगाहबाट जाँचपास हुने गरेको पनि जानकारी उनले गराए ।  दिनहुँ कन्टेनर थुप्रिदै गएका कारण अब भारतबाट रेलले बोकर ल्याउने कन्टेनरहरु राख्ने ठाउँको पनि अभाव हुन थालेको उनले बताए।

    लकडाउनमा राजश्व संकलन आधा मात्रै 

    कन्टेनर जाँचपास नभइ थुप्रिएका कारण भन्सारको राजश्व असुलीमा पनि गिरावट आएको श्रेष्ठले जानकारी दिए ।भन्सार विभागले चैत महिनमा ३ अर्ब ३४ करोड राजश्व संकलनको लक्ष्य दिएको छ । तर, सुख्खा बन्दरगाह भन्सार कार्यालयले चैत २५ सम्म लक्ष्यको ५४ प्रतिशत मात्र अर्थात १ अर्ब ७२ करोड रुपैयाँमा मात्र राजश्व संकलन गर्न सकेको उनले बताए ।

    श्रेष्ठका अनुसार, लकडाउन भन्दा पहिले फागुन महिनामा सुख्खा बन्दरगहा भन्सार कार्यालयले लक्ष्य भन्दा ६ प्रतिशत बढि नै अर्थात ३ अर्ब ५५ करोड रुपैयाँ राजश्व उठाएको थियो । 

    कच्चा पदार्थ नहुँदा खाद्यान्न उद्योग बन्द हुने अवस्थामा 

    बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका खाद्यान्न उद्योगी अहिले जेनतेन गरी चलिरहको भएपनि कच्चा पदार्थको अभावमा बन्द हुने अवस्थामा पुग्न थालेका छन् ।  नेपाल चामल तेल दाल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताका अनुसार, पर्सा बारा औद्योगिक कोरिडोरममा २ सय ५० खाद्यान्न उद्योग छन् । ती मध्ये अहिले ५० उद्योग मात्र चलिररहेका छन्,गुप्ताले भने, ‘ती पनि कच्चा पदार्थ र मजदुरको अभावमा क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरिरहेका छन्।’
     
    कच्चा पदार्थको आयात सहज नहुने भने अहिले चलेका खाद्यान्न उद्योगहरु पनि अबको १०÷१५ दिन भित्र बन्द हुने निश्चित रहेको गुप्ताले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले भने, ‘लकडाउनमा सरकारले एउटा निर्णय गर्छ तर सडकमा खटिएका प्रहरीले आफ्नै कानुन चलाइरहेका छन् जसका कारण ढुवानीमा अवरोध भइरहेको हो।’क्रान्ति शाह  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑