• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विश्व अर्थतन्त्रको विस्तार १ प्रतिशत !

  • वीरगंज संजाल
  • २३ चैत्र २०७६, आईतवार ०८:१९
  • ३२६१

    काठमाडौं | नेपालमा कोरोना संक्रमणका कारण कुन स्तरमा आर्थिक क्षति हुन्छ भन्ने अाँकलन अझै हुन सकेन। नेपाल राष्ट्र बैंकले व्यवसायीलाई राहत दिन बैंक कर्जाको पुनरतालिकीकरण र पुनर्संरचनाको सुविधा दिने भने पनि सरकारले क्षतिको आँकलन गर्न नसक्दा उक्त व्यवस्था कार्यान्वयमा आउन सकेको छैन।

    ‘अर्थ मन्त्रालयमा राजस्व सचिवज्यूको संयोजकत्वको समितिले सबै अध्ययन गर्ने भएको छ’, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘एकद्वार प्रणालीबाटै सम्बोधन हुन्छ।’ यसअघि भट्टकै नेतृत्वको राष्ट्र बैंककै अनुसन्धान विभागले अध्ययन गरेर उक्त सुविधा कार्यान्वयन गर्ने भनिएको थियो। तर, सरकारले समष्टिगत आर्थिक अवस्थाको अध्ययन गर्ने भनेपछि व्यवसायीले राहत पाउने समय भने लम्बिने भएको छ।

    हालसम्म नेपालमा उक्त संक्रमण फैलिसकेको छैन। तर, आगामी दिनमा परिस्थिति फेरिए सरकारलाई अध्ययनकै लागि थप समय आवश्यक पर्नसक्ने अर्थ मन्त्रालयका एक अधिकारी बताउँछन्। उक्त अध्ययनमा मुलुकको समग्र आर्थिक सूचकमा कोरोनाले कस्तो प्रभाव पार्छ भनेर हेरिँदै छ।

    यद्यपि, कोरोना संक्रमण कति समय लम्बिन्छ भन्ने पुर्वानुमान नहुँदै पश्चिमा अनुसन्धान संस्थाले सन् २०२० मा विश्व अर्थतन्त्र १ प्रतिशतभन्दा ज्यादा बढ्न नसक्ने प्रक्षेपण गरेका छन्। इकोनोमिस्ट इन्टिलिजेन्स युनिट नामक बेलायती संस्थाले गत बुधबार यस्तो प्रक्षेपण सार्वजनिक गरेको थियो। यो विश्व आर्थिक मन्दीपछिकै सबैभन्दा कम हो। भाइरस संक्रमण सुरु हुनुअघि विश्व अर्थतन्त्र २.३ देखि २.४ प्रतिशत बढ्ने अनुमान गरिँदै आएको थियो।

    कोरोनाले संसारभरको आर्थिक गतिविधि ध्वस्त पारेको छ। अमेरिकी पत्रिका पोलिटिकोले उक्त भाइरसका कारण संसारै बदलिने उल्लेख गरेको छ। यसले पछिल्ला वर्षमा ‘विश्व ग्राम’ भन्न थालिएको संसारको सघन सामिप्यतालाई खतम पार्नसक्ने उल्लेख गरेको छ। यो संक्रमणले संसारभरका मानिसको जीवनशैली, जनस्वास्थ्य प्रणाली, अर्थतन्त्र मात्र होइन, जनता र सरकारबीचको सम्बन्ध पनि पुनः परिभाषित गर्नसक्ने उक्त पत्रिकाले लेखेको छ।

    कोरोना संक्रमणपछि कच्चा तेलको भाउ १९ वर्षयताकै सस्तो भएको छ। चीन र एसियाली क्षेत्रमा मात्रै कोरोना प्रकोप देखिँदा चुलिएको सुनको भाउ पश्चिमा मुलुकमा संक्रमण फैलिएसँगै ओरालो लागेको छ। ऐतिहासिक रूपमै लगानीको सबैभन्दा सुरक्षित गन्तव्य मानिने सुनमा अहिले लगानीकर्ता आकर्षित हुन सकेका छैनन्। सम्भावित भावी आर्थिक मन्दीको त्रासले लगानीकर्तालाई हतोत्साही बनाएको बीबीसीले उल्लेख गरेको छ।

    सन् २०२० को पहिलो २ महिनामा चीनको औद्योगिक उत्पादन साढे १३ प्रतिशत घटेको विवरण पनि बीबीसीले उल्लेख गरेको छ। संसारको एक तिहाइ औद्योगिक उत्पादन चीन एक्लैले गर्छ। चीनको औद्योगिक उत्पादन घट्दाको परिणाम संसारभर कार निर्मातादेखि रासायनिक पदार्थको प्रयोग गर्ने अधिकांश उद्योग मारमा परेका छन्।

    अमेरिका, बेलायतदेखि अधिकांश मुलुकका केन्द्रीय बैंकले ब्याजदर घटाएर लगानी र उपभोगलाई प्रश्रय दिन खोजे पनि मानिसहरू घरबाट बाहिर निस्कनै नसक्ने अवस्थाले त्यस्ता अवसरको प्रयोग हुन सकेको छैन। विश्वभरका सेयर बजारमा लगानीकर्ताले अर्बौं डलर गुमाएका छन्। यसको सबैभन्दा ठूलो मार हवाई सेवा र होटेल तथा रेस्टुरेन्टमा परेको छ। युरोपेली संघले हाल लगाएको ३० दिने बाह्य उडान प्रतिबन्धबाट मात्रै १ करोड दुई लाख सिट क्षमताको उपभोग कटौती भएको अनुमान छ।

    कोरोना संक्रमणका कारण वातावरण प्रदूषण नियन्त्रणमा भने बल पुगेको छ। अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासालाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको स्याटेलाइटमा कोरोना संक्रमणपछि तस्वीरमा चिनियाँ आकाश सफा भएको देखिन्छ। मूलतः नाइट्रोजन अक्साइडनामक हानिकारक ग्यास चीनको आकाशमा झन्डै पूर्णरूपले हटिसकेको उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑