• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रहरीको तीनघण्टे अपरेसन जसले नेपाली बैंकको अर्बौं रकम जोगायो

  • वीरगंज संजाल
  • १७ भाद्र २०७६, मंगलवार ०४:३५
  • ३९७९

    काठमाडौं । शनिबार साँझ चार बजे कार्यालयमै थिए महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी । त्यत्तिकैमा एक बैंकरले उनको अफिसियल मोबाइल नम्बरमा टेलिफोन गरे । ती बैंकरको स्वर हतास सुनिन्थ्यो । उनले दरबारमार्गमा रहेको आफ्नो बैंकको एटिएमबाट अस्वाभाविक रुपमा रकम निकालिएको र त्यो ह्याक भएको हुन सक्ने शंका व्यक्त गरे । एसएसपी सुवेदीले यो शंका होइन, लंकै जलाउने खेल हो भन्ठानेर तत्काल परिसरको एक टोली दरबारमार्गमा पठाए । रकम कसरी झिकियो, पत्ता लगाउन सहज थिएन ।

    परिसरसहित महानगरीय प्रहरी वृत्त दरबारमार्ग, कमलपोखरी र सोह्रखुट्टेबाट पनि एउटा टिम परिचालित गर्न एसएसपी सुवेदीले निर्देशन दिए । सुवेदी कार्यालयमै बसेर निर्देशन दिन थाले भने टोलीले फिल्डमा रहेर काम गर्न थाल्यो । त्यसका लागि विभिन्न क्षेत्रलाई निगरानीमा राखियो ।
    एटिएम बुथ ह्याक भएको हो कि भन्ने बैंकरले सूचनामात्र दिएनन्, आवश्यक सहयोग पनि गरे । शनिबारको दिन प्रायजसो बैंक बन्द रहन्छन् । प्रहरीलाई चिनियाँ ह्याकरको समूहले बुथबाट रकम निकालेको हुनसक्ने आशंका बढ्यो । चिनियाँ नागरिक हुँदा प्रहरीलाई भाषाको ठूलो समस्या थियो । कोही पक्राउ परिहाले पनि अनुसन्धान कसरी गर्ने ? विदेशी नागरिकलाई त्यसै नियन्त्रणमा लिने कुरा पनि भएन ।

    एसएसपी सुवेदीले पर्यटक प्रहरीको सहयोग मागे । पर्यटक प्रहरीले होटल र्‍याडिसनमा काम गर्ने एकजना दोभाषे बन्दोबस्त गरिदियो । प्रहरीको सक्रियता बढेको थियो । बैंकरहरुको चिन्ता पनि बढ्दै थियो । दुई घण्टा बितिसकेको थियो । त्यही क्रममा मंगोलियन अनुहारका केही व्यक्तिको गतिविधि एटिएम बुथ वरपर शंकास्पद देखिएको सूचना प्राप्त भयो । प्रहरी टोलीले दरबारमार्ग आसपासका एटिएम बुथमा निगरानी सुरु गर्यो । त्यही क्रममा दरबारमार्गमै रहेको नबिल बैंकको एटिएम बुथमा पैसा भिक्दै गरेका एक चिनियाँ नागरिक भेटिए । प्रहरीले उनलाई सोधपुछसँगै शरीर चेकजाँच गर्ने क्रममा २० थान नक्कली भिषा कार्ड फेला पार्यो ।

    एसएसपी सुवेदी भन्छन्, ‘‘एटिएम बुथमा उनी पक्राउ परेसँगै हामीले राहत महसुस गरिसकेका थियौं किनकि नक्कली एटिएमबाट उनी गिरोहकै व्यक्ति भएको पुष्टि भइसकेको थियो ।’’ उनलाई पक्राउ गरेपछि हात्तिसारस्थित माया मनोहर बुटिक जहाँ चिनियाँ गिरोह बसेको थियो, प्रहरी त्यहाँ पुग्यो । प्रहरीले बुटिकको कोठा नम्बर २०१, ६०२ र ६०४ मा छापा हान्यो । प्रहरी छापा हान्दा हतार–हतार लिफ्टबाट भाग्दै गरेको अवस्थामा थप तीनजना चिनियाँ नागरिक पक्राउ परे । त्यतिबेला साँझको ६ बजिसकेको थियो । त्यो गिरोहमामा ५ जना थिए । अन्य एकजना सात बजेको समयमा पक्राउ परे । एसएसपी सुवेदी भन्छन्, ‘‘तीन घण्टाको छोटो समयमा प्रहरीले नेपाली बैंकको अर्बौं रकम जोगाउन सफल भयो । पक्राउ परेकाहरु सबै आईटीबारे राम्रो जानकार छन् । उनीहरुले अन्य मुलुकमा पनि यस्तो प्रकारको अपराध गरेका हुनसक्छन् ।’’

    प्रहरीका अनुसार उनीहरु पाँचै जना शुक्रबारमात्रै नेपाल आएका थिए । उनीहरु सोमबार नेपाल छाड्ने योजनामा थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेपाली बैंकका एटिएम बुथबाट डेढ करोडभन्दा बढी रकम निकालिएको खुलेको छ । शनिबार पक्राउ परेका पाँचै जना चिनियाँ नागरिकलाई परिसर काठमाडौंले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमिङ छन् । उनीहरुको साथबाट १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र विदेशी रकम पनि बरामद भएको छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑