वीरगंज | राजेन्द्र सिंह । प्रदेश नं. २ को कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले आज दश लाख सहयोग गरेको छ । सो रकम बराबरको चेक कुमारी बैंक प्रदेश न.२ का सञ्चालन अधिकृत रञ्जित कुमार यादवले प्रदेश न २ का मुख्यमंत्री मोहमद लालबाबु राउत गद्दीलाई हस्तानतरण गर्नु भयो ।
सो चेक हस्तानतरण समय कुमारी बैंक जनकपुर शाखाका शाखा प्रबन्धक संजय कुमार कर्णको पनि उपस्थिति रहेको थियो । यसै बिच कुमारी बैंक प्रदेश २ का प्रमुख सिद्धार्थ सिंहले मुलुकमा देखिएको दैबिक प्रकोप लगायल को समस्यामा सधै सहयोगका लागि अग्रसर रहेको बताउनु भयो ।