• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिल्लीको निजामुद्दिन धार्मिक भेलामा सहभागी नेपालीको खोजी सुरु

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार १४:२७
  • ५०४५

    काठमाडौँ | भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिन मस्जिदमा हालै सम्पन्न धार्मिक भेलामा सहभागी नेपालीहरुका बारेमा नेपाल प्रहरीले खोजी सुरु गरेको छ ।

    भेलामा नेपालबाट सहभागी हुनेको संख्या यकिन नभए पनि ३३ जना नेपाली नागरिकलाई भने दिल्लीमै क्वारेन्टाइनमा राखिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ। उनीहरुको स्वास्थ्य परीक्षण पनि भएको तर रिपोर्ट भने आइनसकेको पनि दूतावासले जानकारी दिएको छ।

    भेलामा सहभागी विभिन्न देशका २४ भन्दा बढी व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यसले भारतमा मात्रै होइन, नेपालसहित विभिन्न देशमा पनि त्रास सिर्जना गरेको छ।

    धार्मिक भेलामा गएका ३३ जना नेपाली यतिबेला अलिपुर नरेला ट्रस्टले सञ्चालन गरेको अपार्टमेन्टमा होम क्वारेन्टाइनमा बसेका छन्।

    धार्मिक भेलामा अरु नेपाली पनि गएको हुनसक्ने आशंका गर्दै खोजबिन जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। केही विद्यार्थी पहिलेदेखि नै त्यहाँको मदरसामा रहेको र अरु नेपालबाट भेलामा सहभागी हुन गएको बताइएको छ। धार्मिक भेलामा सहभागी केही नेपाल फर्किएको नफर्किएकोबारे सुरक्षा निकायहरुबीच समन्वय गरी छानबिन गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ। परराष्ट्रको आग्रहअनुसार नै सुरक्षा निकायले खोजबिन सुरु गरेको छ। ‘उनीहरु भारतमै भएको वा नभएको पत्ता लगाउनका लागि जुन संस्थामार्फत उनीहरु दिल्ली गएका हुन्, ती संस्थासँग विवरण लिन भनिएको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘पत्ता लगाउन खासै गाह्रो छैन।’

    ‘धार्मिक भेलामा सहभागी कम्तीमा २४ जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँ नेपाल गएका मानिसको खोजीकार्य अघि बढाएका थियौं,’ प्रहरीका एक अधिकारीले भने, ‘त्यही क्रममा बारा, पर्सा, रौतहट, सप्तरीलगायत जिल्लाबाट १३, अन्य जिल्लाबाट ८ जना र मस्जिदमै अध्ययनरत १२ विद्यार्थी गरी ३३ जना सो धार्मिक भेलामा सहभागी भएको पाइयो।’ ती प्रहरी उच्च अधिकारीका अनुसार अरु पनि गएका हुनसक्ने भएकाले उनीहरु कहाँ छन् भन्नेबारे अनुसन्धान र खोजीकार्य भइरहेको छ। गएको मार्च ५ देखि १३ सम्म इस्लाम धर्मावलम्बीमध्येकै सुन्नी सम्प्रदायको सामाजिक संगठन तकलिबी जमातले आयोजना गरेको भेलामा विश्वभरका करिब २ हजारभन्दा बढी सहभागी थिए।

    भारत सरकारले पनि भेलामा सहभागी सबैको स्वास्थ्य जाँच गरिरहेको छ। मंगलबार बेलुकासम्म निजामुद्दिन करिब एक हजार ५ सय जनालाई उद्धार गरिएको छ। उनीहरुमध्ये केहीलाई होम क्वारेन्टाइनमा राखिएको छ भने धेरैलाई जवाहरलाल नेहरु रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।

    कतिपय सम्पर्कबाहिर भएका कारण सुरक्षाकर्मीलाई उनीहरुको खोजीमा परिचालन गरेको छ। २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले मुस्लिम सम्मेलनमा सहभागी वा अन्य कसैलाई पनि सरकारको अर्को आदेश नदिएसम्म प्रवेश निषेध गरिएको बताए। ‘दुवै देशका सुरक्षा र स्थानीय प्रशासनका अधिकारीबीच समन्वय गरेर दुवै देशका नागरिकलाई सीमा हुँदै आवतजावत गर्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ’, उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑