• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    उपचार गर्न नमान्ने अस्पताल र चिकित्सकको सूची तयार गर्न मुख्यमन्त्री राउतको निर्देशन

  • वीरगंज संजाल
  • १९ चैत्र २०७६, बुधबार ००:३२
  • २५३१

    जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले कोरोनाभाइरसको  संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर २ मा भइरहेको प्रयास प्रति असन्तुष्टि जनाएका छन् । उनले अहिलेको विपदको घडीमा प्रदेशका जनतालाई बचाउन कुनै पनि जिल्लाका प्रमुखहरुले सन्तोषजनक प्रयास गर्न नसकेको बताएका हुन् । असन्तुष्टि जनाउदैँ उनले भने, ‘म काम गर्छु, नसकेको खण्डमा राजीनामा दिन्छु ।

    त्यस्तै मुख्यमन्त्री राउतले अस्पतालमा चिकित्सक तथा निजी अस्पतालले विरामीलाई भर्ना नगरेको प्रति ध्यानाकर्षण गराउँदै भने यस्ता निजी अस्पतालको लाइसेन्स खारेजी र विरामी चेकजाँच गर्न नमान्ने चिकित्सकलाई निलम्बन गर्न निर्देशन दिए ।

    प्रदेश सरकारले उपलब्ध गराएको रकम जिल्लाहरुमा खर्च हुन नसकेको प्रति राउतको चिन्ता थियो । कोरोनासंक्रमण नियन्त्रणका लागि भएको काम बारे प्रगति बुझ्न डाकिएको बैठकमा सरोकारवाला जिल्लाको बिफ्रिङ सुनेपछि मुख्यमन्त्री राउतले जिल्लाहरुलाई उपलब्ध गराइएको रकमबाट खर्च हुन नसक्नु दुःखद रहेको उनले बताए ।

    प्रदेश सरकारले कोरोना भाइरस संक्रमण हुन नदिनका लागि प्रत्येक जिल्लालाई ५०÷५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । मुख्यमन्त्री राउतले कुनै पनि जिल्लामा कोरोना भाइरस संक्रमण रोक्नका लागि दिइएको रकम प्रयोग हुन नसक्नु दुःखद रहेको बताए । उनले भने– ‘तपाईंहरुले सेनिटाइजर वितरण गरेको भए, म खुशी हुन्थे वा भोकै रहेको व्यक्तिलाई खाना खुवाएर रकमको प्रयोग गरेको भए मलाई खुशी हुन्थ्यो ।’ उनले अघि थप्दैँ भने– ‘मलाई लागेको थियो, तपाईंहरुले यो बैठकमा थप बजेटको माग गर्नुहुन्छ, तर त्यस्तो देखिएन ।’

    मुख्यमन्त्री राउतले यस प्रदेशमा कोरोनासंक्रमण हुन नदिनका लागि जहाँबाट हुन्छ रकमको सदुपयोग गर्न प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए । यो भाइरसको संक्रमणबाट बच्नका लागि के के उपाय अपनाउन सकिन्छ त्यसका लागि योजना ल्याउन भन्दै त्यसलाई कार्यान्वयन गर्न तयार रहेको उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

    मुख्यमन्त्री राउतले कोरोनाभायरसको संक्रमण नियन्त्रणका लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

    उनले अहिलेको अवस्थामा कुनै पनि किसिमको किन्तु परन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका थिए ।

    कोरोना भाइरसका कारण विश्वनै त्रसित भएको बेलामा समान्य रुघा खोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेल चक्र्याइँ गरि रहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूची तयार गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए । उनले भने– राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौँ, तपाईहरु सिफारिस गर्नुहोस् लाइन्सेन्स खारेजीसम्मको कारबाही हुन्छ ।

    महामारी नियन्त्रणको लागि आवश्यक्ता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझाव दिदै  मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।

    बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ–आफ्नो धारणा राखेका थिए ।

    बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

    प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागी जिल्लामा भएका प्रयासहरु, र अगामी दिनमा गर्नु पर्ने योजनाहरु बारे जानकारी गराएका थिए ।

    यता कोरोना भाइरस संक्रमण नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम उपलब्ध गराएको छ । सिटिजन्स बैंक प्रादेशिक कार्यालयले ७ लाख र कृषि विकास बैंकले ५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।  दुबै बैंकका प्रतिनिधिहरुले आजै मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑