निजी क्षेत्रका सञ्चार माध्यमले राम्रो कुरा गर्नुभएको छ। हामीसँग सरकारी सञ्चार माध्यम पनि छन्। उनीहरुले सरकारको कार्यक्रम मात्रै प्रस्तुत गर्ने, सरकारको धारणा मात्रै राख्नेभन्दा पनि अझ स्पष्ट भन्ने हो भने सत्य तथ्य कुरा राखिदिने हो। सम्पूर्ण सञ्चार क्षेत्रलाई भ्रममा बसेर र आग्रह तथा पूर्वाग्रह राखेर काम नगर्न म सञ्चार मन्त्रीको हैसियतले अनुरोध गर्छु।
मरिच, मटर र छोकडा हामीलाई एक वर्षलाई होइन, धेरै वर्षलाई पुग्ने आयात गरिसकेका छौँ, कति आयात गर्ने ? आवश्यक छैन। सीमावर्ती क्षेत्रमा भन्ने हो भने त्यो अवैध व्यापारको क्षेत्र बन्यो। त्यो भएर हामीले रोकिदीयौँ।
यस्तो अवस्थामा बढी दुःख कसलाई हुन्छ त भन्दा गर्भवती महिला, सुत्केरी, वृद्धवृद्धा, टुहुरा, टुहुरी बालबालिका, अपांगता भएका व्यक्तिहरुलाई विशेष सुरक्षा प्रदान गरौँ है, भनेका छौँ। बालगृहमा रहेका बालबालिकाहरु वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरु यस्तै, अपागंता भएकालाई विशेष व्यवस्था गरौँ भनिएको छ। विशेष व्यवस्था भनेको विशेष हेरचाह हो। पैसा नै चाहिन्छ भनेको होइन। उपचार गर्नुपर्ने, अस्पताल लानुपर्ने, औषधी दिनुपर्ने, परिवारका सदस्य एक ठाँउमा थुनिए, बाल बच्चा अर्को ठाँउमा भए, वृद्ध वृद्धाको अवस्था त्यस्तै भयो भने पनि हेरचाह गर्नुपर्ने भयो, आवश्यक पर्दाको बखतमा वित्तीय सहयोग गर्नुपर्ने नै भयो। त्यो विषय पनि राखेका छौँ।
अर्को, संगठित क्षेत्रमा न्यून बैतनिक व्यवस्था भएका कर्मचारीको हकमा पनि हामीले केही विशेष व्यवस्था गरेका छौँ। श्रमिकको विषय पनि छ। उनीहरुलाई के भन्यौँ भने कामबाट निकाल्न पाइँदैन। चैत्र महिना भरी पूरा तबल साथ राख्नुस्। बरु सामाजिक सुरक्षा कोषमा श्रमिकको तर्फबाट र रोजगारदाताको तर्फबाट राख्नुपर्ने योगदानको पैसा सरकारले राखिदिन्छ। सामािजक सुरक्षा कोषमा दर्ता हुनु भएकाको हकमा यो व्यवस्था गर्छौँ भनेका छौँ।
यस्तो बेलामा एक महिनाको घर भाडा छुट दिनुस् भनेका छौँ, यो आह्वान सदासयतापूवर्क सबैले मानिदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ। सरकारले यो आफ्नो लागि मात्रै नभई आम नेपाली नागरिकको हितका लागि गरेको हो। अर्को यो सदासयतालाई सरकारले उच्च मूल्यांकन गर्दछ।
घरभाडा, विद्यालयले लिने शुल्क र स्वास्थ्य सेवामा हाम्रो पुनः अनुरोध छ, एक महिना मानवीयता देखाउनुस्। शुल्क छुट दिँदै, एक महिनाको घर भाडा छुट दिँदा कोही टाट पल्टने अवस्था रहँदैन।
हामीले यही चैत २५ गते राति १२ बजेसम्म अन्तर्राष्ट्रिय सीमा नाका (स्थल र हवाई) बन्द गर्ने र सोही समयसम्म लकडाउनको अवधि कायम गर्ने निर्णय गरेका हौँ। यो निरन्तरता दिने भन्ने कुरामा त हिजो जे थियो, त्यहि नै हो। थप स्पष्ट हुनुपर्छ जस्तो लाग्दैन। अत्यावश्यक वस्तुको ढुवानी भने निर्वाध रहन्छ।
विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभो जाँदैछ। छिमेकी मुलुक भारतमा पनि पहिलो सङ्क्रमितको सङ्ख्या १०० पुग्न कति दिन लाग्यो ? २०० हुँदै एक हजार माथि जान धेरै दिन लागेन। त्यसो हुनाले छिमेकी भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदासम्म हामीलाई जोखिम त हुन्छ नै। त्यो हुनाले हामीले पनि तदअनुरुप कदम चाल्नुपर्छ।
अहिले त प्रारम्भिक अनुमान मात्र हो। अहिले सबै कुरा प्रक्षेपण गर्न कठिन छ। यो सङ्क्रमणको जोखिम कहिलेसम्म रहन्छ ? विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभो जाँदैछ। छिमेकी मुलुक भारतमा पनि पहिलो सङ्क्रमितको सङ्ख्या १०० पुग्न कति दिन लाग्यो ? २०० हुँदै एक हजार माथि जान धेरै दिन लागेन। त्यसो हुनाले छिमेकी भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदासम्म हामीलाई जोखिम त हुन्छ नै। त्यो हुनाले हामीले पनि तदअनुरुप कदम चाल्नुपर्छ। त्यसैले अहिले हामीले लकडाउन गरेको र सीमा बन्द गरेको अवधिसम्म हेर्ने हो भने चैत महिना लगभग गयो। अब हाम्रो विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ हो। मुख्य समय हाम्रो खेर गयो। दोस्रो फेब्रुअरी र मार्च पर्यटकको सिजन हो। त्यो पनि खेर गयो। तेस्रो यो सिजन नभनिए पनि वैदेशिक रोजगारमा जानेहरुको अवस्था पनि अन्त्य भयो। त्यसो हुनाले समग्र अर्थतन्त्रमा हामीले जुन आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ, त्यसमा त पुगिँदैन, स्वभाविक हो। तर, कति कम हुन्छ भन्ने कुराको हामी आँकलन गर्दैछौँ।
कोरोना सङ्क्रमणको जोखिम घट्दै गएर काममा फर्कनुभयो भने पनि केही महिना त्यो निरन्तर नहुने डर पनि छ। त्यसो हुनाले रेमिट्यान्स अघिल्ला वर्षको तुलनामा नबढ्ला। अघिल्लै वर्षको हाराहारीमा रहन्छ। आठ खर्बको हाराहारीमा आउँछ भन्ने हाम्रो अनुमान छ।
लकडाउनका बेला केही व्यापारीले कमाउने अवसरका रुपमा लिएका छन्। यसलाई सरकारले कसरी हेरेको छ ?
जनता आफैँ अनुशासनमा बसौँ भनेर सरकारले आह्वान गरेको हो। यो कफ्र्यू होइन कि तोड्दै हिँड्नका लागि। यो त आफैँले आफैँलाई आज्ञापालक भएर राख्न खोजेको विषय हो। नागरिकले यो सोच्नु पर्यो कि यो हामीले हामीलाई नै लगाइदिएको सीमा हो। हाम्रै सुरक्षाका लागि हो।