कुटपिट गर्ने सशस्त्र प्रहरी लाई कडा भन्दा कडा कार्यवाही अबिलम्ब गर्नुपर्ने : प्रबक्ता अरुण सिंह
वीरगंज संजाल
Mar 31, 2020, 10:29 am
७९६३
पूरा सन्सार आफ्नो जीवन रक्षा मा लागेको बेला नेपाल को सशस्त्र प्रहरी ले मान्छे लाई अमानवीय तवर
ले कुटपिट गर्न मा लागेको छ भने कुरा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले बताउनु भएको छ ! जुन कुटपिट गरेको भिडियो समाजिक संजाल मा एति खेर भाइरल भएको छ ! अहिले देसै भरी लकडउन भएको बेला जनता को घर मा पुगि अति आवस्यक बस्तु पुरयाइ दिने वा पुरयाउन लगाइ दिने काम प्रहरी ले गर्नु पर्ने ठाँउ मा सप्तरी बलान बिगुन गाउँपालिका वार्ड न.३ मउवाहा टोल का दुई जना युवा लाई मर्नासन हुने गरि सशस्त्र प्रहरी ले दुई दिन अगाडि कुटपिट गरेका छन !
उक्त प्रहरी लाई एक छिन पनि बेर न लगाइ तुरुन्त कडा भन्दा कडा कार्यवाही को माङ्ग सम्बन्धित निकाय सङ्ग प्रबक्ता सिंह ले जोडदार रुपमा गरेका छन ! साथै त्यस्ता उदनड प्रहरी कर्मचारी ले , म जनता को सेवक हु , मालिक होइन भन्ने कुरा प्रष्ट रुपमा बुझ्नु पर्ने हो म भन्न चाहन्छु ! भने प्रबक्ता अरुण सिंह ले बताउनु भएको छ ! सर्बोपरी को रुपमा रहेका नेपाली जनता आफ्नै सुरक्षाकर्मी सङ्ग कुटपिटमा पर्नु भनेको सशस्त्र प्रहरी को जंगली राज मा बस्नु परेको कुरा मा कुनै दुई मत न रहेको नेता सिंह को भनाइ रहेको छ !