वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम अझै रोकिएको छैन । पर्सा र बारामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ८ जनालाई नियन्त्रणमा लिएका छन् । पर्साबाट २ जना र बाराबाट ६ जना पक्राउ परेका हुन् ।
पर्सामा पक्राउ परेका दुबैलाई सम्झाई-बुझाई गरेर साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी वीरेन्द्र शाहीले जानकारी दिए ।
बारामा पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बाराले जनही १/१ सय रुपैयाँ जरिवाना लिएर छाडिएको डिएसपी गौतम मिश्रले जानकारी दिए ।
पर्साबाट १८ वटा मोटरसाइकल र बाराबाट ५० वटा मोटरसाइल नियन्त्रणमा लिई सवारी धनीसँग जरिवाना लिएर मोटरसाइकल छाडिएको प्रहरीले जनाएको छ ।