• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    धार्चुलामा अलपत्र नेपालीलाई उतै रोक्ने निर्णय, ३ जना महाकालीमा पौडिँदै आए

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार २३:१०
  • ३३७५

    काठमाडौं । नेपाल र भारतको सीमा दार्चुलापारि धार्चुलामा अलपत्र परेकाहरूलाई नेपाल प्रवेश गर्न नदिने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनले स्वदेश आउन नदिएपछि तीन जना नेपाली भने महाकाली नदीमा पौडी खेल्दै नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली भूमिमा आउनासाथ प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ ।

    कोरोना भाइरस रोकथामको उद्देश्यले गरिएको  लकडाउनपछि भारतका विभिन्न स्थानबाट घर फर्किन लागेका ५६३ जना नेपाल–भारत सीमा धार्चुलामा ३ दिनदेखि अलपत्र छन् । लामो समयदेखि सीमा नाका नखोलिएपछि दार्चुलाका २ र बैतडीका एक गरी ३ जना नेपालीहरु सोमबार दिउँसो महाकालीमा हामफालेर पौडी खेल्दै नेपाल आएका थिए । अर्धनग्न उनीहरुलाई नेपाल प्रवेश गर्नासाथ प्रहरीले पक्रेको थियो ।

    भारतमा अलपत्र रहेकाहरूले घर फर्कन संघर्ष गरिरहेका बेला सरकारले प्रवेश नदिने निर्णय गरेको हो । सोमबार बिहान गृहमन्त्रालयको निर्देशनपछि भारतीय पक्षसँग छलफल गरी धार्चुलामा रहेका नेपालीलाई लडकडाउनको अवधिभर

    नेपाल प्रवेश गर्न नदिने निर्णय भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार, धार्चुलामा रहेका सबै नेपालीलाई खाने–बस्ने प्रवन्ध भारतीय सरकारले गर्नेछ ।

    धार्चुलामा अलपत्र नेपालीहरु

    ‘लकडाउनको पालना गर्दै नेपालको सीमा धार्चुला (भारत) मा रहेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिने निर्णय भएको छ,’ प्रजिअ पौडेलले अनलाइनखबरसँग भने, ‘उनीहरूको बसोबास, खानपानलगायतका सबै व्यवस्थापन भारतले गर्नेछ । केही सहयोग आवश्यक परे हामीले पनि सहजीकरण गर्छौं ।’

    सीमा नाका धार्चुलामा रोकिएका नेपालीहरुलाई चार समूहमा बिभाजन गरेर भारतीय पक्षले स्थानीय विद्यालय लगायतका सार्वजनिक स्थान राखेको प्रजिअ पौडेलले बताए ।

    नेपालतर्फ अलपत्र परेका भारतीयको भने आफूहरूले नै व्यवस्थापन गर्ने उनले जानकारी दिए । यद्यपि, नेपाली भूमिमा अलपत्र परेको भनेर अहिलेसम्म कुनै पनि भारतीय नागरिक सम्पर्कमा नआएको उनले बताए ।

    यसै सन्दर्भमा हामीले दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसँग कुराकानी गरेका छौं । कुराकानीको सारसंक्षेपःदार्चुलापारि धार्चुला (भारत) मा अलपत्र नेपालीलाई नेपाल ल्याउने के तयारी हुँदैछ ?यदुनाथ पौडेल, प्रमुख जिल्ला अधिकारी, दार्चुलालकडाउनको पालना गराउन हामी प्रतिबद्ध छौं । त्यसैले दार्चुलाको पारि धार्चुला (भारत) मा रहेका नेपालीलाई प्रवेश गर्न नदिने निर्णय हामीले गरेका छौं ।भनेपछि ३ दिनदेखि खुला आकाशमा भोकभोकै रहेका नेपालीले घर फर्कन नपाउने भए ?हो । अब तिनीहरू त्यहीँ बस्छन् । हामीले यसको चाँजोपाँजो मिलाएका छौं ।कसरी मिलाउनु भएको छ, चाँजोपाँजो, बताइदिनुहोस् न ?भारततर्फ विद्यालय र सार्वजनिक भवन खाली रहेका छन् । भारतीय पक्षसँग छलफल गरेर धार्चुलामा रहेका नेपालीलाई ४ स्थानमा व्यवस्थापन गर्ने सहमति बनेको छ । सहमतिअनुसार, खाने तथा बस्ने व्यवस्था भइसकेको जानकारी हामीले पाएका छौं । स्रोत साधनको अभाव भएमा भारतलाई हामीले पनि सघाउँछौं । यो कार्यमा दुवैतर्फका उद्योग वाणिज्य संघ, एसपी, एसएसबी, कोर्टवली र जिल्ला प्रशासन कार्यालयका समकक्षीले साथ दिनु भएको छ ।धेरै संख्या नेपाली हुँदा तिनको स्वास्थ्यबारे पनि चिन्ता व्यक्त भइरहेको छ । स्वास्थ्य परीक्षणको प्रवन्ध पनि मिलाइएको छ कि ?आफ्ना देशका नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं ।

    गम्भीर भएर नै हामीले उहाँहरूको व्यवस्थापन उतै गरेका हौं । रह्यो कुरा, स्वास्थ्य परीक्षणको । त्यो पनि भइसकेको छ । अनुशासित भएर नेपाली बस्ने हो भने अब कुनै समस्या आउने छैन ।तर, धार्चुलामा रहेका नेपालीहरूले खान बस्न नपाएको गुनासो गरिरहनु भएको छ नि ?अधिकांश नेपालीको चाहना घर फर्केर परिवारसँग बस्ने छ । त्यसैले उहाँहरूले व्यवस्थापनबारे आलोचना गरिरहनु भएको छ । यो सही होइन । उहाँहरूको उचित व्यवस्थापन आजबाट भएको छ ।विशेष परिस्थिति बनेकाले यतै ल्याएर राखेको भए पनि हुन्थ्यो भन्ने मत पनि प्रकट भएका छन् नि ?लकडाउनको पनि पालना गर भन्ने, अनि त्यसविपरीत प्रवेश पनि दिने काम विरोधाभाषपूर्ण हुन्छ । त्यसैले हामीले उतैतिर व्यवस्थापन गरेका हौं । म सबैलाई कोरोना भाइरसको संवेदनशीलता र हामीले अपनाएको सतर्कताप्रति गम्भीर बनिदिन आग्रह गर्दछु ।नेपालतर्फ फसेका भारतीयचाहिँ जान दिइन्छ कि यतै व्यवस्थापन हुन्छ त ? त्यतातर्फको व्यवस्थापन हामी गर्छौं । तर, अलपत्र परेका त्यस्ता भारतीय अहिलेसम्म हाम्रो सम्पर्कमा आएका छैनन् ।

    आएका खण्डमा त्यसको व्यवस्थापन हामी गर्छौं ।यस विषयमा गृह मन्त्रालयलगायतसँग पनि केही कुराकानी भयो ?सोमबार बिहान जिल्लाका सरोकारवालासँग छलफल गर्यौं । गृह मन्त्रालयमा पनि के गर्ने भनेर जानकारी लियौं । सबैतिरबाट लकडाउनको मर्मअनुसार अघि बढ्ने सुझाव आएपछि यस्तो निर्णय लिएका हौं ।अलपत्र नेपाली जोखिम मोलेर महाकाली नदी तर्दै नेपाल प्रवेश गरेका तस्वीर र भिडियो प्रकाशमा आएको छ नि ?तपाईंले अलपत्र भन्ने शब्द प्रयोग गरिरहनु भएको छ, यो सही होइन । सीमा नखुलेर उहाँहरू त्यहाँ रोकिनु भएको हो । त्यसलाई अलपत्र भन्न मिल्दैन । जहाँसम्म पौडिएर आएको कुरा छ, बैतडीका २ र दार्चुलाका एक जना महाकाली तरेर आज नेपाल प्रवेश गर्नु भएको छ । उहाँहरूलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेका छौं ।नदी तरेर तीन जना व्यक्ति भारतबाट नेपाल प्रवेश गरेको घटनापछि हामीले दुवैतर्फ सुरक्षा सतर्कता बढाएका छौं । अब नदी पार गरेर नेपालतर्फ आउने अवस्था रहँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑