• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    gलकडाउनले घटायो प्रदूषण

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार ०९:३८
  • ३५१९

    काठमाडौं | प्रायः सधैं तुवाँलो र प्रदूषणले ढाक्ने काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभरको वायु गुणस्तरमा सुधार आएको छ।

    सवारी साधन, उद्योग कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको पाइएको छ। काठमाडौंको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण (२.५ पीएम)को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ।

    ‘लकडाउनको सुरुका ३–४ दिन प्रदूषण खासै घटेको थिएन’, विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘शनिबारदेखि भने अवस्था निकै सुधार आएको छ। तोकिएको राष्ट्रिय मापदण्डभन्दा पनि निकै कम देखिएको छ।’ उनका अनुसार शनिबार धुलिखेलमा २.५ को मात्रा राष्ट्रिय मापदण्डभन्दा कम १४, शंखपार्कमा २० र भैंसेपाटीमा २४ रेकर्ड भएको छ।

    सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ । विश्व स्वास्थ्य संगठनले २४ घण्टाका लागि २५ माइक्रोग्राम तोकेको छ । वायु गुणस्तर मापन गर्न वन तथा वातावरण मन्त्रालयको वातावरण विभागमातहत नेपालका विभिन्न भेगमा १७ स्टेसन स्थापना गरिएका छन्। काठमाडौं, ललितपुर, धुलिखेल, पोखरा, लुम्बिनी, चितवनको सौराहा, दाङ, नेपालगन्ज, सिमरा, सुनसरीको झुम्का, धनकुटा र दमकमा स्टेसन छन्।

    अमेरिकी दूतावासले दूतावास परिसर महाराजगन्ज र कान्तिपथस्थित फोहोरा दरबारका दुई स्टेसनमार्फत पीएम २.५ को मात्रा मापन गर्दै आएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले लुम्बिनी, सौराह र रसुवाको यालामा स्टेसन स्थापना गरेको छ।

    पोखरा, दाङ र दमक स्टेसनले पनि ती भेग आसपास प्रदूषण घट्दो देखाएको सिनियर केमिस्ट पौडेलले बताए। ‘पोखरामा शनिबारदेखि मात्रै प्रदूषण घट्न थालेको देखिन्छ। दाङमा पाँच दिनअघि घट्यो, बीचमा फेरि बढ्यो। तर अहिले सुधार आएको छ’, उनले भने, ‘दमकमा शुक्रबारसम्म केही बढी थियो, अहिले घटेको छ।’ यी केही स्टेसनको अवस्था विश्लेषण गर्दा देशभरिको वायुको गुणस्तरमा सुधार आएको अनुमान गर्न सकिने पौडेलको ठहर छ।

    विज्ञका अनुसार वर्षा नभएसम्म हावामा पीएम २.५ तैरिरहन्छ। प्रि–मनसुन (मनसुन पूवाद्र्धको वर्षा)ले प्रदूषित वायु पखाल्न सहयोग गरेको मौसमविद् बताउँछन्। मध्य हिउँद र प्रि–मनसुनको समयमा सिरिया, अफगानिस्तान, पाकिस्तान, उत्तर­–पश्चिम भारत हुँदै पश्चिमी वायु नेपाल भित्रिन्छ। प्री मनसुनका बेला पश्चिमी वायुमा आँखाले नियाल्न नसकिने सूक्ष्म धुलोको कण (हेज)को मात्रा उच्च रहन्छ।

    मरुभूमि र अन्यत्रको धुलो, कलकारखाना, पूर्वाधार विकास र अन्य मानवीय गतिविधिले विकसित हुने धूवाँ, धुलो मि िश्रत सुख्खा कण नै हेज हो। लकडाउनले कलकारखाना, सवारी साधन र मानवीय चहलपहल कमी भएर वायु गुणस्तर सुधार भए पनि भारतको राजस्थान र पाकिस्तानको बलुचिस्थानको मरुभूमिको धुलोको प्रभाव भने रोक्न नसकिने वरिष्ठ मौसमविद् मणिरत्न शाक्यको तर्क छ।

    ‘प्रि–मनसुनमा खासगरी वैशाख पहिलो सातासम्म नेपालमा पश्चिमी वायु सक्रिय रहन्छ’, उनले भने, ‘पश्चिमी वायु जति बलियो हुन्छ, भारत र पाकिस्तानका मरुभूमिबाट हेज भित्रिने सम्भावना पनि उत्तिकै रहन्छ।’

    केही दिनअघिको वर्षाले वायुमण्डलमा रहेको धूवाँ, धुलो पखालेपछि मौसम सफा देखिएको शाक्यको भनाइ छ। ‘लकडाउनले केही हदसम्म प्रदूषण घटाउन मद्दत गरेको छ तर वायुमण्डल सफा हुन त वर्षा हुनै पर्छ’, उनले भने।

    वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वार्षिक २३ हजारभन्दा बढीको मृत्यु घरभित्रको वायु प्रदूषणले हुने गर्छ। वायु प्रदूषणले ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ।

    संगठनले हावामा रहने धुलोको सूक्ष्म कणलाई मानिसको मृत्युको मुख्य कारक मानेको छ। सवारी साधन र आगो बाल्दा निस्किने धूवाँ नै २.५ माइक्रोनको धुलो बढाउने विज्ञको तर्क छ। उपत्यकाको प्रदूषणमा गाडीको धूवाँको मात्रा ३० देखि ३३ प्रतिशतको हाराहारीमा रहेको, त्यति नै मात्रामा सवारीले सडकको धुलो फैलाउने गरेको विभागको ठहर छ। इँटाभट्टाले १० प्रतिशत हाराहारी र बाँकी कलकारखाना र अन्य मानवीय गतिविधिले बढ्ने गरेको विभागका अधिकारी बताउँछन्।

    ‘यो अध्ययन केही वर्षअघिको हो, त्यस बेला उपत्यकामा मेलम्ची पाइपलाइन र पूर्वाधार विकासले प्रदूषण बढेको पाइएको थियो’, सिनियर केमिस्ट पौडेलले भने, ‘अहिले अवस्था त्यस्तो छैन, अद्यावधिक अध्ययन हुन बाँकी छ।’ उपत्यकामा स्वच्छ हावा भित्रिने नागढुंगा र पश्चिमी भेगबाट धादिङको नौबिसे र आसपासमा खुलेका भट्टा र अन्य कलकारखानाको धूवाँ पनि भित्रिन्छ।

    नेपालसँग सीमा जोडिएको भारतका भूभागमा उद्योग, कलकारखाना र अन्य मानवीय गतिविधिले लुम्बिनीलगायत तराईका भेगमा केही वर्षयता प्रदूषण र तुवाँलो बढ्न थालेको वातावरणविद् बताउँछन्। पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम पुगेको अवस्थामा मानव स्वास्थ्यका लागि घातक मानिन्छ।

    वातावरण विभागले सन् २०१७ को हिउँदमा गरेको अध्ययनअनुसार काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको पाइएको थियो। स्विट्जरल्यान्डमा मुख्यालय रहेको आईक्यू एअरले गत महिना सार्वजनिक गरेको ९८ वटा प्रदूषित देशको सूचीमा नेपाल आठौं स्थानमा छ । गत वर्षको तुलनामा काठमाडौंको वायुको गुणस्तरमा यो वर्ष सुधार आएको सो संस्थाले जनाएको छ। गत वर्ष उपत्यकाको वायुमा पीएम २.५ को मात्रा प्रतिघनमिटर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑