• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    सामान छुटाउन एजेन्ट नआएपछि ८६ कन्टेनर वीरगन्जमा अलपत्र

  • वीरगंज संजाल
  • Mar 28, 2020, 4:37 pm
  • ४२०३

    वीरगन्ज |  सरकारले लकडाउन घोषणा गरेयता नेपालका लागि सामान लोड भएका करिब ८६ कन्टेनर वीरगञ्जमै अलपत्र छन्। आयातकर्ता र भन्सार एजेन्टले मालबाहक कन्टेनर पास नगराउँदा भन्सार यार्डमै अड्किएका हुन्।

    नोभेल कोरोना संक्रमणमा सरकारले लगाएको लकडाउनमा आपूर्ति सहज गर्न भन्सार कार्यालयले आयातकर्ता र एजेन्टका लागि छुट्टै पासको समेत व्यवस्था गरेको छ। तर, न्यून संख्यामा व्यक्तिले पास लिएको वीरगञ्ज प्रमुख भन्सार प्रशासक ढुन्डी निरौलाले जानकारी दिए।

    यार्डबाट मालसामान पास नभएपछि चैत १३ मा भन्सार कार्यालयले सूचना सार्वजनिक गर्दै अनुमति पास लिन आउन आह्वान गरेको थियो। तर, व्यवसायी तथा एजेन्टले मालसामान पास नगराएको उनले जानकारी दिए। प्रहरीले अवरोध गरेको गुनासो आएपछि भन्सारले उक्त सूचना जारी गरेको थियो।

    ‘हामीले बारम्बार सामान जाँचपाँस गराउन आह्वान गरपनि आयातकर्ता पास लिन आएका छैनन्। अहिले ८५र८६ कन्टेनर यार्डमै थन्किएको अवस्था छ’, उनले भने, ‘त्यसबाहेक विविध कारणबस लकडाउन अघिका कन्टेनर छन्।’

    मालवाहक कन्टेनर यार्डबाट प्रवेश नहुँदा नयाँ आउने मालवाहक कन्टेनर व्यवस्थापन गर्न स्थान अभाव भएको निरौलाले बताए। शुक्रबार उच्चस्तरीय समितिको बैठकले भन्सार व्यवस्थापन गर्ने निर्णय गरेपछि शनिबार १६ जना एजेन्टले पास लिएका छन्।

    हाल १९ वटा कम्पनीले मात्रै घोषणा गरेको भन्सार कार्यालयले जानकारी दिएको छ। कोरोना संक्रमणको त्रासका कारण श्रमिक सामान ओसार्न मानिरहेका छैनन्। श्रमिक अभावका कारण पनि व्यवसायीले सामान छुटाउन अप्ठेरो भइरहेको छ।  लक डाउनमा सामान ओसार्न नपाइने होकी भन्ने भ्रमका कारण पनि यस्तो समस्या देखिएको भन्सारका अधिकारी बताउँछन्।

    मुलुकको प्रमुख व्यापारिक नाकामा जाँचपाँसमा समस्या हुँदा आपूर्ति व्यवस्थामा ठूलो समस्या आउनसक्ने खतरा रहन्छ। 

    महावाणिज्यदूत भन्छन्, ‘भारतमा रोकावट छैन’
    भारतबाट नेपाल जाने सामानमा कुनै रोकावट नभएको भारतस्थित नेपाली महावाणिज्य दूतावासका नायब महावाणिज्य दूत तर्कराज भट्टले जानकारी दिए। उनका अनुसार भारतले बन्दरगाहको सेवालाई आवश्यक सेवाको सूचीमा राखेको छ।

    वीरगञ्जबाट मालवस्तु जाँचपास नहुँदा कन्टेनर लान नपाएको उनले जानकारी दिए। ‘भारतबाट निर्वाध सामान पठाउन कुनै समस्या छैन,’ उनले भने, ’तर वीरगञ्ज भन्सारमा आयातकर्ताले सामान पास गर्न नआउँदा यताबाट थप सामान जान समस्या आइरहेको छ।’

    समस्याको समाधानका लागि दूतावासबाट निरन्तर पत्राचार भइरहेको उनले जानकारी दिए। भारतले २१ दिने लकडाउन घोषणा गरेपनि मालवस्तु सामान पठाउन कुनै रोकावट नगरेको वीरगञ्ज भन्सार प्रमुख निरौलाले बताए। उनले भने, ‘निरन्तर भारतको भन्सार प्रशासन, बन्दरगाहक व्यवस्थापक र महावाणिज्य दूतावासमा सम्पर्क भइरहेको छ ’, उनले भने, ‘बन्दरगाहमा कुनै अवरोध भएको छैन। मात्र समस्या हाम्रै मुलुकका एजेन्टले सामान उठाइरहेका छैनन्।’

    दुई वर्षयता आधा दर्जन अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले सुक्खा बन्दरगाहमै कन्टेनर डेलिभरी दिन थालेपछि नेपाली आयातकर्ताले ठूलो राहत महसुस गरेका छन्। विगतमा सिपिङ लाइन कम्पनीले भारतको कोलकाता, हल्दिया तथा विशाखापट्टनम् बन्दरगाहसम्म मात्र नेपाली आयातकर्ताको कन्टेनरको डेलिभरी दिन्थे । त्यहाँ आफ्ना भन्सार एजेन्टमार्फत कन्टेनर छुटाएर नेपालसम्म ल्याउनुपर्दा नेपाली आयातकर्तालाई महँगो पर्ने र विलम्ब शुल्कबापत ठूलो रकम सिपिङ लाइन कम्पनीलाई बुझाउनु पथ्यो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑