अलपत्र परेका २७२ जर्मन नागरिक लिएर उड्यो कतार एअरवेजको जहाज
वीरगंज संजाल
१४ चैत्र २०७६, शुक्रबार १५:४५
२४१९
बिहान करीब पौने १० बजे अवतरण गरेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ बजेर ४९ मिनेट जाँदा उडेको हो।
नेपाल नागरिक प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उनीहरूको उद्धारका लागि ३३० एअरबस चार्टर्ड विमान कतारको दोहाबाट आएको थियो।
३०५ सीट क्षमताको जहाजमा जर्मनी र युरोपेली यूनियनका गरी करीब ३०० यात्रु रहेको क्षेत्रीले जानकारी दिए।
लकडाउनका कारण काठमाडौंको ठमेल, सानेपा र बौद्धका विभिन्न होटलहरूमा अलपत्र परेर बसिरहेका २७२ जना जर्मन नागरिकलाई काठमाडौंस्थित जर्मन दूतावासको पहलमा एअर लिफ्टमार्फत घर फर्काइएको हो।