वीरगन्ज | सरकारले जारी गरेको लक डाउनको दोस्रो दिन पर्साको वीरगन्ज वीरगन्ज महागरपालिकामा आशंकि रुपमा नगरवासीहरुले अवज्ञा गरेको छ । मंगलवार विहानै वीरगन्जको बजारमा भारी भिडभाड देखिएको छ । मान्छेहरु हुलका हुल तरकारी तथा अत्यआवश्क किराना समानहरु खरिदारी गर्न बाहिर निस्किेका छन् । विहान ६ बजे देखि वीरगन्जको मिना बजार लगायतको ठाउँमा भिड भए पनि प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।
बजारमा आवश्यक भन्दा बढी भिडभाड भए पछि प्रहरीले बजारका पसल तथा घण्टाघर छेवमा रहेको मिना बजार बन्द गाएको थियो । वीरगन्जको मुख्य रोड भने सुनसान रहेको छ । सुरक्षकर्मी तथा अत्यवाश्यक सवारी सधान बाहेकका सावारी सधान प्रहरीले चल्न दिएका छैनन् । सरकारले खाद्यवस्तु,औषधी,दुध लगायतको अत्यावश्यक समान खरिद गर्न घर बाहिर निस्किन सकिने भने पनि भिडभाड नगर्न आदेश जारी गरेको छ । तर वीरगन्जमा स्थानियहरुले आवश्यक भन्दा बढी मात्रमा भिडभाड गर्ने गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पर्साले सरकारले जारी गरेको लक डाउन उल्लंघन गरी हिडडुल गरी रहेकोका १५० पैदल जना यात्रु तथा मोटर साईकल चलक २५ जनालाई ४ घण्टा नियन्त्रणमा लिएर यस उपरान्त लक डाउनको उल्लंघन गर्ने सत्रमा पैदल यात्रुहरुलाई छोडेको थियो भने मोटर साइकल चालकहरुलाई प्रति व्यक्ति ५०० रुपैया जरिवाना गरी छोडेको थियो । तर घण्टाघरको विपी उद्यानमा राख्ने क्रममा प्रहरीले आफै सरकारी आदेशको उल्लघंन गरेको थियो । नियन्त्रणमा लिएका पैदल यात्रु तथा मोटर चालक सहित १७५ जना भन्दा बढी यात्राहरुलाई प्रहरीले एकै स्थानमा राखेका थिए पर्साको दोस्रो ठूलो बजार पोखरियामा लक डाउन असर आज विहानैबाट देखिएको छ । लक डाउनको दोस्रो दिन पोखरियावासीले सरकारी निर्णयको पूर्ण पालना गरेको छ । पोखरिया बजार पूर्ण रुपमा सुनसान रहेको छ । मान्छेहरु घर बाहिर निस्केका छैनन् । सरकारले स्वास्थ्य,सुरक्षा,खाद्यवस्तु,खानेपानी,दुध,विद्युत,दूरसञ्चार,भन्सार,फोहरमैला व्यवस्थापन लगायतका कारोबार गर्ने पसल बन्द हुने स्पष्ट पारेको भए पनि पोखरिया,वीरगन्ज लगायतको ठाउँमा खाद्यवस्तु लगायतको पसलहरु पूर्ण रुपमा बन्द नै रहेको छ । खाद्य वस्तुको पसलहरु बन्द भए पछि वीरगन्ज पोखरिया लगायतको ठाउँमा खाद्य समाग्री मूल्य आकासिएको छ । खाद्यवस्तु पसलहरु लक डाउनको क्रममा बन्द भए पनि स्थानियहरु विहान र वेलुका पसल खुल्ला छ कि भनेर एकै चोटी बजारमा हुलका हुल पुग्ने गरेका छन् । वीरगन्जवासीले खाद्यवस्तुको आपुर्ति सरकारले सहज गर्नु पर्ने बताएका छन् ।