“विरगंजको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द ,अति आवश्यक बस्तु लोड गरेको सवारी चेकजाँच गरि भित्र्याउदै”
वीरगंज संजाल
Mar 24, 2020, 2:33 am
९६०८
शेयर
वीरगंज ।सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । बन्दको निर्णय भए लगतै सिमा नाका बाट आवतजावत नेपाल प्रहरी र भारतिय सेना बन्द गरेका छन। बन्दको प्राभावले नेपाल भारतको मुल सिमा रक्सौल नाका बन्द भए लगतै सिमा नाका खाली र सुनसान देखिएको छ।
तर अतिआवश्यक समाग्री लोड गरेको सवारी भने चेकजाँच गरि प्रवेश भैरहेको छ। कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट चैत १० बिहान १० देखि १६ गतेसम्म यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । निर्णय पछि बन्दको असर देशको अनेकौ ठाउँमा देखन पाइएको छ। नेपाल भारतको नाकाको असर बिरगंजमा पनि देखन पाइएको छ। बिरगंजमा बिहान देखि लामो र नज्दिक दुबै दुरिको गाडी नचलेकोले बिरगंज सुनसान देखिएको छ।