• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    कोरोना महामारी : इटालीमा मर्नेको संख्या किन अत्यधिक?

  • वीरगंज संजाल
  • १० चैत्र २०७६, सोमबार १३:४४
  • ८२६५

    इटाली | इटाली विश्वको विकसित मुलुकमध्ये एक हो। नेपालजस्ता गरिब मुलुकका भन्दा उसका प्रविधि अवश्य ‘एडभान्स’ छन्। तर गत वर्षको अन्त्यदेखि फैलिएको कोरोना भाइरस (कोभिड१९) ले इटालीलाई आक्रान्त बनाएको छ। चीनपछि त्यहाँ सबभन्दा बढी संक्रमित बढी छन्। तर चीनमा भन्दा मर्नेको संख्या भने बढी छ। त्यसैले इटालीलाई कोरोनाले सबभन्दा बढी असर गरेको छ।

    मार्च १० देखि इटालीका सबै ६ करोड ३ लाख नागरिक ‘होम क्वारेन्टाइन’ मा बसेका छन्। अत्यावश्यक बाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन। तर नयाँ संक्रमणको संख्या भने तीव्र रूपमा बढिरहेको छ। जोन्स हप्किन्स

    विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म ५९ हजार १३८ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ५ हजार ४७६ ले ज्यान गुमाइसकेका छन्। यो मृत्युदर ९.२६ प्रतिशत हो। चीनमा ८१ हजार ४३९ संक्रमित हुँदा ३ हजार २७४ ले ज्यान गुमाएका छन्। यो ४.०२ प्रतिशत हो। यस हिसाबले हेर्ने हो भने इटालीमा चीनभन्दा मृत्युदर दोब्बर बढी देखिन्छ। आखिर इटालीमा किन मृत्युदर बढी छ ? विशेषज्ञहरूले औँल्याएको चार कारण डेलीमर्करीमा प्रकाशित भएको छ ।

    धेरै पाका उमेर भएको राष्ट्र

    सबैले औँल्याउने पहिलो कारण हो इटालीको औसत आयु। यो निकै बढी छ।
    गत वर्ष इटालीको औसत आयु ४५.४ वर्ष रहेको थियो । यो युरोपको सबभन्दा बढी औसत आयु हो भने चीनभन्दा ७ वर्ष बढी तथा दक्षिण कोरियाको भन्दा केही बढी हो ।

    शुक्रबारसम्मको तथ्यांक हेर्दा इटालीमा कोरोना संक्रमणबाट मर्नेको औसत आयु ७८.५ वर्ष रहेको छ। तीमध्ये लगभग ९९ प्रतिशतले पहिलेदेखि नै कुनै न कुनै रोगसँग लडिरहेका थिए ।

    अस्फोर्ड विश्वविद्यालयका प्राध्यापक जेनिफर डोडका अनुसार कोरोना भाइरसले वृद्ध मानिसलाई बढी सताइरहेको छ। ‘कोभिड–१९ को मृत्युदर वृद्ध उमेर समूहमा बढी देखिएको छ’, उनले ट्वीटरमा लेखेका छन्, ‘पाकाको संख्या बढी भएका देशहरूले मृत्युदर घटाउन अझ आक्रामक रूपमा स्वास्थ्य सुरक्षा प्रणाली अभिवृद्धि गर्नुपर्छ।’

    इटालीभन्दा बढी औसत आयु भएको जापानले स्वास्थ्य सुरक्षा प्रणालीकै कारण मृत्युदर कम गर्न सकेको छ। ४७.३ वर्ष औसत आयु भएको जापानमा हालसम्म ४१ जनाले ज्यान गुमाएका छन् भने १ हजार १०१ जना संक्रमित भएका छन् ।
    दुर्भाग्य ?

    वैज्ञानिकहरूका अनुसार चीनपछि कुनै पनि देश यस्तो परिस्थितिबाट गुज्रन सक्थ्यो । जोन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक यास्चा मंकले क्यानडाको सीबीसी टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा इटाली नै यस्तो हुनाको खास कारण नभएको बताएका छन्। ‘मलाई ‘इटाली नै किन’ प्रश्न महत्वपूर्ण लाग्छ’, उनले भनेका छन्, ‘यसको सामान्य उत्तर छ: कुनै खास कारण नै छैन ।’

    प्राध्यापक मंकले जर्मनी, क्यानडा वा अमेरिका भन्दा दश दिन अगाडि संक्रमण देखिनु नै इटालीको दुर्भाग्य भएको बताएका छन्।

    धराशायी प्रणाली

    इटालीको विनाशकारी उत्तरी स्वास्थ्य अवस्थाबाट के गम्भीर वास्तविकता सिक्न सक्छौँ भने एकपटक चरम विन्दुमा पुगिसकेको स्वास्थ्य सेवा प्रणालीबाट अत्यन्तै तीव्र रूपमा रोग फैलन्छ। त्यसैले चिकित्सकहरूले कसलाई पहिलो सहयोग गर्ने भन्ने बारेमा जीवन र मृत्युको निर्णय गर्न सुरुवात गर्नुपर्छ । साथै श्वासप्रश्वास एवम् अस्पतालका शैय्या जस्ता स्वास्थ्य सामग्री किन र कहिले सुचारु गर्ने भन्ने निर्णय लिनुपर्छ ।

    ‘कहिलेकाहीँ तपाईले बिरामीको अवस्थाविरुद्ध सफलताको सम्भाव्यता तौलने गर्नुपर्छ’, ब्रेसिया अस्पतालका डाक्टर पाओलो तेरानोलीले यसै हप्ता एएफपीलाई भनेका छन्, ‘हामी सबैका लागि सक्दो प्रयत्न गर्छौँ, जबकि बढी सम्भावना भएका बिरामीका लागि केही थप अतिरिक्त प्रयास गर्छौँ ।’

    जाँच तथा गणना 

    विश्वमा कोरोना भाइरसको परीक्षण गर्ने किट पर्याप्त नभएकोे महसुस गरिएको छ । यो समस्या पहिले नै ज्वरो तथा सुक्खा खोकी जस्ता लक्षण देखिएकाको मात्र परीक्षण गरेर इटाली जस्तो राष्ट्रले झेलिरहेको छ ।
    दक्षिण कोरिायासँग पर्याप्त किट भएकाले हरेक दिन १० हजार बढीको परीक्षण ग¥यो । जसले उसलाई भाइरस फैलिन नदिन मद्दत मिल्यो ।

    हार्वड विश्वविद्यालयका माइकल मिनाका अनुसार अमेरिका जस्ता देशका लागि हरेक दिन १ लाखको परीक्षण पर्याप्त हुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑