• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    इलाका प्रशासन कार्यालयको सेवा ठप्प

  • वीरगंज संजाल
  • १० चैत्र २०७६, सोमबार १३:३८
  • ९१३७

    वीरगन्ज | पर्साको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सुपौलीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवा प्रवाह दुई महिनादेखि ठप्प छ। शाखा अधिकृत नहुँदा कार्यालयमा आउने सेवाग्राही फर्किन बाध्य छन्।

    जिल्लाका जीराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गरि ४ गाँउपालिका कार्यक्षेत्र तोकेर सुपौलीमा एक वर्षअघि इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो। तर, कार्यालयमा गत पुष मसान्तदेखि नै शाखा अधिकृत नहुँदा चार गाँउपालिकाका स्थानीयले सेवा पाएका छैनन्।

    कर्मचारी समायोजनका क्रममा तत्कालीन शाखा अधिकृत विनय श्रीवास्तव अन्यत्रै सरुवा भएपछि कार्यालयबाट कुनै पनि काम भएको छैन। श्रीवास्तव गएपछि गृह मन्त्रालयले शाखा अधिकृत कुन्दन कर्णलाई पठाएको थियो। तर, उनी हालसम्म कार्यालयमा हाजिर भएका छैनन्। कार्यालयमा पुस मसान्तदेखि करार सेवामा एकजना सुब्बा, एक कम्प्युटर सहायक र एक कार्यालय सहयोगी छन्।

    शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफारिस र अन्य सिफारिसका काम दुई महिनादेखि रोकिएको छ। सुपौलीको इलाका प्रशासन कार्यालयमा नागरिकता बनाउनका लागि मात्रै दैनिक ५० भन्दा बढी सेवाग्राही आउँछन्। तर, अहिले कार्यरत कर्मचारीले शाखा अधिकृत नहुँदा काम नभएको बताएका छन्।

    एक सातादेखि नागरिकता बनाउन प्रशासन धाए पनि काम नभएको ठोरी नयाँबस्तीकी मनिसा बोहोराले बताइन्। भान्जाको नागरिकता बनाउन सोमबार कार्यालयमा पुगेका महादेवपट्टीका सत्यराज घिमिरेले पनि १५ दिनदेखि कार्यालय आउँदा पनि काम नभएको गुनासो गरे। ‘केही दिनमै अधिकृत आउँछन् भन्दै कर्मचारीले टारीरहेका छन्,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा पनि कुनै सुनुवाइ भएन।’

    यहाँका नागरिकले इलाका प्रशासनबाटै नागरिकतालगायतका काम गर्नुपर्ने बाध्यकारी छ। ‘वंशजको नागरिता लिन जिल्ला जान पाइँदैन। यहाँ कर्मचारी छैनन्,’ घिमिरेले भने। लामो समयदेखि कर्मचारी नहुँदा नागरिकता बन्न नसकेको आक्रोशमा दुई युवकले कार्यालय तोडफोड ने गरेका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने मन्त्रालयले एक महिना पहिले नै शाखा अधिकृत कुन्दन कर्णलाई सुपौलीमा पठाएको तर उनी किन आएनन् भन्ने जानकारी नभएको बताए।

    ‘अहिले म काठमाडौंमै छु, मन्त्रालयमा गएर बुझ्दा कर्ण एक साताअघि नै रमाना लिएर कार्यक्षेत्र हिँडेको जानकारी पाएँ,’ कार्कीले भने, ‘बुधबारसम्म उनी आएनन् भने, अर्को कर्मचारी भए पनि काम गर्न पठाउँछु।’क्रान्ति शाह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑