एजेन्सी । भारतमा सन् २०१२ को डिसेम्बरमा भएको निर्भया बलात्कारका चारजना दोषीलाई फाँसी दिने थिए पवन जल्लाद । ५८ वर्षीय उनी फाँसी दिने परिवारमा जन्मिएका थिए । उनका बाबु, हजुबाबु र जिजुबाजे पनि फाँसी दिन्थे ।
निर्भया बलात्कारका दोषीलाई मुकेश सिंह, अक्षय ठाकुर, पवन गुप्ता र विनय शर्माले फाँसीको लिभर तानेर फाँसी दिएका थिए ।
पवन जल्लादले आफ्ना हजुरबाबु कल्लू जल्लादबाट फाँसी दिन सिकेका थिए । फाँसी दिएवापत् पवन जल्लादले २० हजार भारतीय रुपैयाँ पाउने जेल स्रोतलाई उदृत गर्दै इन्डिया टाइम्सले लेखेको छ । उनले यसअघि फाँसी दिएवापत् तीन हजार भारतीय रुपैयाँ पाउने गर्दथे । पवन जल्लाद भारतमा व्यवसायिक फाँसी दिने व्यक्तिका रुपमा परिचित छन् ।
फाँसी दिन पुगेका पवनलाई विशेष सुरक्षा दिइएको थियो । उनी मंगलबार नै मेरटबाट तिहार जेल पुगेका थिए । उनलाई जेलमा विशेष कक्षमा राखिएको थियो ।