• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    अन्तर्राष्ट्रिय कारोबारमा देखिएन कोरोना प्रभाव

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार २३:३४
  • ५०४३

    वीरगन्ज | वीरगन्ज नाका भएर हुने अन्तर्राष्ट्रिय कारोबारमा कोरोनाको प्रभाव देखिएको छैन। भारत र तेस्रो मुलुकसँग सबैभन्दा कारोबार वीरगन्ज नाकाबाटै हुने गर्छ। यस नाकामा वीरगन्ज र सिर्सिया सुख्खा बन्दरगाह गरी दुई भन्सार छन्।

    यी दुवै भन्सार हुँदै भारत तथा तेस्रो मुलुकबाट वस्तुको आयात र राजस्व संकलनमा कोरोनाको असर नरहेको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्। गत फागुन महिनामा भारतलगायत तेस्रो मुलुकबाट वीरगन्ज नाकामा ६७ अर्ब २८ करोड ८६ लाख मूल्य बराबरको वस्तु नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको यस अवधिमा ६५ अर्ब ९९ करोड २५ लाखको वस्तु आयात भएको थियो।

    गत वर्षभन्दा यसवर्षको फागुनमा एक अर्ब २९ करोड ६० लाख बढी मूल्यको सामान भारत तथा तेस्रो मुलुकबाट आयत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। सबैतिर कोराना भाइरसको प्रभावका कारण वस्तु आयत/निर्यातमा प्रभाव परे पनि वीरगन्ज भन्सारमा कुनै असर देखिएको छैन।

    सुख्खा बन्दरगाहमा पनि वस्तु आयातमा कोरोना संक्रमणको असर नदेखिएको कार्यालयले जनाएको छ। फागुनमा बन्दरगाह हुँदै २८ करोड २६ लाख ६९ हजार रुपैयाँ मूल्यको वस्तु भारततर्फ निर्यात भएको छ। गत वर्ष यस अवधिमा २६ करोड ९२ लाख २६ हजार मूल्यको वस्तु निर्यात भएको थियो। फागुन महिनाभर दुवै भन्सार कार्यालयले १४ अर्ब ८५ करोड १० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। राजस्व संकलनमा भने गत वर्षको तुलनामा यस वर्ष १२ करोड २२ लाख रुपैयाँ कम असुल भएको छ।

    वीरगन्ज भन्सार कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाले वस्तु आयात/निर्यातमा कोरोनाको कुनै असर नदेखिएको बताए। ‘कोरोनाको कारण नभइ होली पर्व परेका कारण फागुनमा राजस्व असुलीमा केही प्रभाव परेको हो,’ उनले भने, ‘होलीमा ४ दिन जति मालवस्तुको आयात घट्यो।’ सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले पनि कोरोनाको सन्त्रासले बन्दरगाहमा वस्तु आयात/निर्यातमा कुनै असर नपरेको बताए।

    चीनबाट आयत हुने वस्तुमा भने केही कमी आएको उनको भनाइ छ। तर, भारतलगायत अन्य तेस्रो मुलुकसँगको कारोबार भने नियमित भइरहेको श्रेष्ठले बताए। अहिलेसम्म कुनै प्रभाव नदेखिए पनि संक्रमण फैलिँदै गए केही सातामा कारोबारमा कमी आउने उनले जानकारी दिए। ‘अहिले जति माल आयत भइरहेका छन्, ती सबै दुई महिना अघिकै कन्साइन्टमेन्टका हुन्,’ श्रेष्ठले भने, ‘तर, नयाँ कन्साइन्टमेन्ट रोकिएका छन्। त्यसैले पनि एक/दुई सातापछि त्यो असर देखापर्ला।’रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑