• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १३ वर्षमा विवाह, १५ वर्षमा सन्तान

  • वीरगंज संजाल
  • १ चैत्र २०७६, शनिबार ०६:१०
  • ४८२१

    इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उनलाई पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर १७ वर्षको भएका बेला अर्को सन्तानका रुपमा गर्भमा आठ महिनाको बच्चा छ ।

    सोही ठाउँकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उनको पहिलो सन्तानका रुपमा छोराको जन्म भयो । अहिले १६ वर्ष पुगेकी उनका दुई वर्षीय छोरा छन् । त्यसैगरी लौकही मुसहर बस्तीकै १८ वर्षीया कैली सदा डेढ वर्षीया छोरी र एकमहिने छोराको आमा भइसकेकी छन् । उनको १३ वर्षकै उमेरमा विवाह भएको हो । उनीहरु तीनैजना त्यस क्षेत्रका प्रतिनिधि पात्र हुन् ।

    अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हुँदासम्म आमाबुबा हुने क्रम जारी छ । सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असर लगायतको विषयमा प्रभावकारी रुपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको पाइएको छ ।

    विवाहवारी २० वर्ष पारि लगायतका नारा सञ्चारमाध्यम मात्र हैन यससम्बन्धी विषयका गोष्ठी, सभा र सभामा घन्किन थालेको धेरै भैसक्यो । विवाह पनि २० वर्ष  पूरा भएपछि मात्र गर्नुपर्ने कानुनी प्रावधान छ । तर पनि दलित बस्तीका बालबालिकालाई त्यसले खासै असर पारेको देखिँदैन ।

    दशदेखि १७ वर्षसम्मको उमेर भनेको पढ्ने, खेल्ने र भविष्यको बारेमा दत्तचित्त हुँदै अघि बढ्ने बेला हो । तर यहाँको दलित बस्तीको त्यो समूहका कतिपय बालबालिका सन्तानको स्याहारसुसार गर्न व्यस्त रहेको पाइन्छ ।

    विभिन्न नगरपालिका, गाउँपालिका र वडाले बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम वार्षिक रुपमा सञ्चालन गर्छन् । त्यो कार्यक्रम  कागज र कोठामा मात्र सीमित छ । कानुनमा कम उमेरमा विवाह गरे केटा र केटी पक्षलाई दण्ड जरिवाना गर्ने व्यवस्था छ । त्यसले पनि उक्त समुदायमा पूर्णतया छुन सकेको देखिँदैन । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑