पर्सा ।पर्साको जिराभवानी गाउँपालिका-१ बलुवाका ७२ वर्षीय बागडराम चमार र ७० वर्ष नाघेकी उनकी श्रीमती ठगीया देवी आफ्नो जिवन नेपालमै बिताए पनी नागरिकता नहुदा बिजोग भएको छ।
आफ्नो नाउमा केही नरहेको र सन्तान पनी नरहेकोले गर्दा खान्न लाउन्न अर्कैको मुख ताकनु पर्ने स्थानिय बताउछन।
हालसाल अखबारमा खबर प्रकाशित भएपछि उक्त दुखलाई महसुस गर्दै समर्पण सेवा संस्था वीरगंज कि गायत्री देवी साह ज्यु द्वारा दुई महिना पुग्ने गरि दाल चामल मस्ला तेल आलु प्याज संगै झुल कम्बल र केहि पैसा पनी सहयोग स्वरुप उक्त जोडीलाई एक कार्यक्रम गरि हस्तनातरण गरिएको थियो ।
उक्त कार्यक्रममा वि म न पा वीरगंज 3 नं वार्ड अध्यक्ष बैजुलाल सवर्णकार,बलुवाका वडाध्यक्ष शेख नुमान आजम, समाजिक कार्यकर्ता श्याम सरार्फ ल्गायत स्थानियहरूको उपस्थिति रहेको थियो ।