बिरगंज । बिरगंज महानगर पालिका वडा न. २ शान्ति टोल स्थित दलित बस्तीमा नाला नहुदा र बाटोको पानी जमेर दिनहु गाडी , ईरिक्सा , मोटरसाइकल र साईकल आवतजावत गर्दा दुर्घटना हुने हुदा सम्बन्धित निकाय र वडा अध्यक्ष कानमा तेल हालेर बसि रहेको छ ।यस बिषयमा विभिन्न समाजिक सन्जाल
पत्र – पत्रीका र एफएममा समेत समाचार प्रकाशित भैई सक्दा पनि कुनै चासो देखाएको पाईएन ।त्यसै गरि सन्सारीमाई मन्दिर अगाडि रहेको नाला माथीको स्लेब भाचिएको र बारम्बार वडा कार्यालयलाई र बिरगंज महानगर पालिकालाई लिखित जानकारी गराएको र त्यहाबाट ईन्जिनियर पनि आई ईस्टिमेट गरि प्रतिवेदन पनि बुझाई सकेको र अहिलेसम्म कुनै सुनवाई नभएकोले आज बिहिवार नेकपाका बिरगंज नगर अध्यक्ष रहबर अन्सारीलाई यसबारे जानकारी गराई केहि दिन भित्र मर्मत गर्ने पनि बताउनु भएको थियो ।