• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विश्व

    बेलायतले धोका दियो, अब कहाँ जाने ?

  • वीरगंज संजाल
  • Sep 1, 2019, 2:28 am
  • २४८१

    लन्डन । अक्टोबर ३१ मा ईयूबाट बेलायत अलग भएपछि अन्नालगायतका लाखौं ईयूका नागरिकका संकट दिनका दिन सुरु हुनेछन् ।

    ५५ वर्षअघि अन्ना अमाटो जब इटालीबाट बेलायत आइन् उनी जम्मा दुई वर्षकी थिइन् । उनी बेलायतमै हुर्किन । उनको विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययन बेलायतमै भयो र विभिन्न संस्थाहरुमा काम गरिन् । बेलायत सरकारलाई नै कर तिरिरहेकी छन् ।

    इङ्ल्यान्डको पश्चिमी सहर ब्रिस्टोलमा बसेको वर्षौं भइसक्यो । बेलायती नागरिकसँग विवाह गरिन् र अहिले उनका दुई सन्तान पनि छन् । युरोपियन युनियनका हजारौं नागरिक  (जसले दशकौंदेखि बेलायतलाई आफ्नो घर मानेका छन्) जस्तै अन्नाले पनि आफूले बेलायतमा स्थायी बसोबासको अधिकार छ भन्‍ने ठान्थिन् ।

    तर, बेलायत सरकार तयार भएन । बेलायतको गृह मन्त्रालयले गतवर्ष उनले स्थायी बसोबासका लागि दिएको निवेदन खारेज गरिदियो ।  गृह मन्त्रालयले स्थायी बसोबासका लागि उनीसँग पर्याप्त प्रमाणपत्र नभएको बताउँदै उनको निवेदन खारेज गरेको हो ।
    उनी छाँगाबाट खसेजस्तै भइन् ।

    “तपाईं आफ्नो मुलुकमा हुनुहुन्छ,  त्यहाँ प्रजातन्त्र छ । तर, अचनाक तपाईंलाई यति लामो समयपछि स्थायी बसोबासको अधिकार छैन भन्दा तपाईंको मनमा के हुन्छ ?, ” ५७ वर्षीया अन्नाले रोयर्टससँग कुरा गर्दै भनिन्, ” अब म कहाँ जाने ? यो वास्तवमै खतरापूर्ण र डरलाग्दो विषय हो ।”

    ईयूबाट बेलायत बाहिरिने समयसीमा नजिकिएसँगै निम्तिने संकटको एक प्रतिनिधि पात्र हुन् अन्‍ना । बेलायतले ईयूका नागरिकलाई बेलायतमा स्थायी बसोबास लागि अनुमति नदिने बताएसँगै लाखौं अन्नाहरु संकटमा पर्नेछन् ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अक्टोबर ३१ मा ईयूबाट बाहिरिने निर्णय गर्ने निश्चित छ । जसका लागि उनले संसद निलम्बनको निर्णयसमेत गरिसेकका छन् । आगामी सेप्टेम्बर १० देखि अक्टोबर १४ सम्म पाँच साताका लागि बेलायतको संसद निलम्बन गरिने भएको छ ।

    दशकौंदेखि ईयूले त्यहाँका नागरिकलाई बेलायतलगायतका मुलुकमा बसोबास गर्ने र काम गर्ने अधिकार सुनिश्चित गरेको छ । तर, बेलायतले ४६ वर्षपछि आएर अहिले ईयूसँग सम्बन्ध तोड्न खोजेको छ ।  बेलायतको यो कठोर निर्णयपछि ईयूका नागरिकले बेलायतमा बसोबास गर्न नयाँ कानुनी प्रक्रिया अपनाउनु पर्नेछ ।

    सरकारको योजनाअनुसार ईयूका नागरिकले निरन्तर पाँच वर्षदेखि बेलायमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्ने छ । उक्त प्रमाण पुष्टि भएमा मात्र ईयूका नागरिकले बेलायतमा अहिले पाएका सुविधाहरु काम गर्ने,  अध्ययन गर्नपाउने लगायतका सुविधाहरु पाउनेछन् ।

    तर, ईयू अन्तर्गतका छ देशका नागरिकसहित टप फ्रने सेफलगायतले भने बेलायतको बसोबास नगर्ने बताइसकेका छन् । उनीहरु त्यहाँ बसोबास गर्न पहिले नै योग्य छन् ।  अधिकांश ईयूका नागरिकहरुले निशुल्क स्वास्थ्य सेवा र रोजगारीलगायतका सुविधा गुमाउनुपर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
    केहीलाई भने आफू मुलुकबाहिर जाँदा आफू बाहिर जान योग्य छु भन्‍ने कसरी प्रमाणित गर्ने भन्‍ने पिरलो छ ।

    सरकारको ईयूबाट बाहिरिने घोषणाले ईयूका नागरिकहरुलाई थप दुविधामा पारेको छ । नोभेम्बर १ देखि उनीहरुले स्वत: बसोबास गर्ने र काम गर्ने अधिकार गुमाउनेछन् ।

    ‘घोर अपमान’
    बेलायतका विन्डरस स्क्यान्डल (सन् १०१८ मा गैरकानुनी रुपमा देश निकाला गर्ने धम्की दिँदै रुपमा नियन्त्रणमा लिने र अधिकार खोस्ने गरेको काण्ड । यसविरुद्ध बेलायतमा ८३ मुद्दा परेका थिए ।) मा परेका नागरिकहरुलाई उनीहरुको बसोबास प्रमाणित गर्नुपर्ने बताएका छन् । विशेषगरी यसबाट क्यारेबियन मुलका बेलायती पीडित बनेका थिए । केहीले जागिर गुमाए भने केहीले भने गैरकानुनी रुपमा देशनिकाला गरिएको थियो ।

    विपक्षी दल लेबर पार्टीका सांसद तथा ईयू समर्थक भिरेन्द्र शर्माले भने, “ईयूबाट बेलायत बाहिँदा निम्तिने संकटमा अन्ना एक प्रतिनिधि पात्र हुन् । उनीजस्तै हजारौं अन्नाहरुलाई पर्ने समस्याको समाधानका लागि सरकारले कुनै तयारी गरेको छैन ।” जसले गर्दा अध्यागमन प्रणालीमा पनि ठूलो असर पर्ने उनले बताए ।

    “अन्नाको कथा एक पीडादायी कथा हो,” उनले भने, “उनीजस्तै कयौंले आफ्नो सारा जिन्दगी बेलायतमा बिताएका छन् । जबकि बेलायती विद्यालयमा पढे, यहीँ विवाह गरे र वर्षौंदेखि यही काम गरेर कर तिरिरहेका छन् । तर, अहिले एक्कासी उनीहरुको अस्तित्व मेटाउन खोजिएको छ ।”

    अन्ना,  जसले नरम शब्दमा आफ्नो समस्या राखिन् । उनले ब्रिटेनले ईयूबाट बाहिरन मतदान गरेको अर्कोवर्ष सन् २०१७ देखि आफ्नो अध्यागमनको स्थिति सार्वजनिक गरिन् । सरकार त्यही वर्षदेखि ईयूका नागरिकका लागि अध्यागमन नियम कडाई गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उनले बसोबासका लागि प्रमाण जुटाउन र प्रक्रिया पूरा गर्न तीन महिना खर्च गरिन् । जसमा उनले कर तिरेको रसिद,  बैंक स्टेटमेन्ट,  उनको योग्यता र सामाजिक सुरक्षा नम्बर अर्थात राष्ट्रिय बिमा नम्बर संलग्न गरेकी थिइन् ।

    करिब ४० वर्षको करिअरमा अन्नाले २० वर्षजति पिज्जा कम्पनी चलाइन् र व्यक्तिगत सहयोगी र परामर्शदाताको रुपमा समेत काम गरिन् । आफूलाई गैर राजनैतिक व्यक्ति बताउने अन्नाले करिब ६१५ हजार पाउन्ड वार्षिक कर तिर्छिन् ।  तीन महिना लगाएर जम्मा गरेका प्रमाणहरु एक बक्समा राखिन् र ३५ पाउन्ड तिरेर उक्त प्रमाणहरु सम्बन्धित कार्यालयमा पठाइन् ।

    तर, गृहमन्त्रालयले स्थायी बसोबासका लागि पर्याप्त प्रमाण नभएको भन्दै उनको निवेदन खारेज गरिदियो । त्यसपछि पनि अन्नाले केही गल्ती भएको र सच्याउन माग गर्दै मन्त्रालयमै बारम्बार फोन गरिन । दर्जन बढी इमेल लेखिन । तर, मन्त्रालयले आफ्नो निर्णय सच्याउन तयार भएन ।

    एक इमेलको प्रतिक्रियाका सरकारले अन्नालाई आफू के हो भन्‍ने प्रमाणित गर्न नै असक्षम भएको बतायो । इमेलको प्रतिक्रियामा भनिएको छ, ” न त तिमी एक योग्य कामदार, एक स्वरोजगार व्यक्ति, विद्यार्थी, जागिर खोजिरहेको अथवा सबै कुरा पर्याप्त भएको व्यक्ति के हो भन्‍ने नै अस्पष्ट छ ।”
    “यो घोर अपमान हो” अन्नाले रुँदै भनिन्, “तपाईंलाई थाहा छ नि आफू के हो भन्ने जान्न हामी सबैका आधारभूत आवश्यक्ता हुन्छन्, चाहे तपाईं संसारको जुनसुकै ठाउँमा होस् ।”

    “तर अचनाक सबै आवश्यक्ता र अधिकारहरु छिनिएका छन् । हामीलाई अस्थिर बनाइएको छ । जसले गर्दा तनाव, चिन्ताका साथै सिंगो जीवन नै अस्तव्यस्त बनाइदिएको छ । यो निकै पीडादायी कुरा हो, ” उनले थपिन् ।

    सरकारले जनवरीमा ईयूका नागरिकलाई ईयू सेटलमेन्ट स्किम ल्याएको थियो ।

    ‘दर्दनाक र बेइज्जत’

    विभिन्न भूभागमा बसेका ईयू र बेलायतका नागरिकको बसोबासको विषयलाई ब्रेक्जिट सम्झौतामा महत्वपूर्ण विषय बनाइनुपर्थ्यो । तर, तीन वर्षदेखि यसलाई यतिकै लम्ब्याइएको छ । दुबै पक्षले जो जहाँ बसेका छन् त्यहीँ उनीहरुका अधिकारहरु सुनिश्चित गर्ने बताएका छन् । तर, कार्यान्वयन कहिले हुने भन्‍ने टुंगो छैन ।

    बोरिस जोन्सले प्रधानमन्त्रीमा विजयी भएपछि जारी गरेको पहिलो वक्तव्यमा भनेका थिए, ” बेलायतमा बसेका ईयूका नागरिकलाई उनीहरुको योगदानको कदर गर्दै  म धन्यवाद दिन चाहन्छु । यससँगै ब्रेक्जिटपछि पनि उनीहरुको अधिकार सुनिश्चित गर्नेमा प्रतिबद्ध छु ।”

    तर, कन्जरभेटिभ पार्टीका तर्फबाट युरोपियन संसदका सांसद तथा ब्रेक्जिट समर्थक ड्यानियल हानन्ले सरकार अझ धेरै गर्नुपर्ने बताए । उनले भने, “मैले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग कुराकानी गर्दा दीर्घकालीन बसोबासको स्वीकृत पाउन उनीहरुलाई अयोग्य बनाइयो । यो प्रतिबद्धताको उल्लंघन हो । कृपया यस्तो समस्या समाधान गर्नका लागि तत्काल पहल थालियोस् ।”

    पछिल्लो तथ्यांकअनुसार करिब ३.५ मिलियन ईयूका नागरिक बेलायतमा बसोबास गर्छन् । सन् २०२० सम्म उनीहरुले आफ्नो अधिकार फिर्ताका लागि निवेदन दिइसक्नुपर्नेछ । तर, अहिलेसम्म करिब एक मिलियनलेमात्र निवेदन दिएका छन् । अब चार महिनामा बाँकी डेढ मिलियन नागरिकले निवेदन दिनसक्ने अवस्था निकै कम छ ।

    विगत ३१ वर्षदेखि बेलायतका बस्दै आएका एक प्रसिद्ध फ्रेन्च सेफ रिचार्ड बर्टिनेटले पनि स्थायी बसोबासका लागि पूर्व अधिवक्तासमेत रहेकी बेलायती श्रीमतीको सहयोगमा निवेदन दिएका थिए । तर, उनले अहिले बेलायतमा बस्न अस्वीकार गरेका छन् ।  बर्टीनेटले दुईवटा अवार्ड जितेका कुकसम्बन्धी किताब लेखेका छन् । कुकेरी टेलिभिजन कार्याक्रममासमेत उनी सहभागी छन् । उनलाई सरकारले सन् २०२४ सम्म बनस्न अनुमति दिएको छ । सन् २०२४ पछि उनले फेरि बसोबासका लागि निवेदन दिनुपर्नेछ ।

    “यो निकै दर्दनाक र बेइज्जत हो,” उनले रोयटर्ससँग भने, “मैले मेरो जिन्दगीको स्वर्णिम समय फ्रान्समा भन्दा बढी यहाँ (बेलायत) मा बिताएको छु ।”  उनलाई आफ्नोभन्दा पनि राम्रोसँग अंग्रेजी बोल्न नजान्ने र ज्येष्ठ नागरिकहरुको चिन्ता छ । “यहाँ हजारौं मानिसहरुले आँशुसँग जिन्दगी गुजार्नुपर्नेछ ।”

    गृह मन्त्रालयले बर्टिनेटसँग सम्पर्कमा रहेको र उनलाई अन्य प्रमाण जुटाउन सहयोग गर्ने र स्थायी बसोबासको लागि पहल गर्ने बताएको छ । तर, सबैको बर्टिनेटकोजस्तै भाग्य हुँदैन । वर्षौंदेखि बेलायतमा बसे पनि त्यहाँ बसोबास गरेको र करिअर सुरुवातको वास्तविक प्रमाण दिन गाह्रो छ ।

    अन्नाले आफू अब फेरि बसोबासका लागि निवेदन दिने मनासयमा छैनन् । बरु उनी आइपर्ने समस्याहरुसँग पौठेजोरी खेल्न तयार छिन् ।

    उनले बेलायती श्रीमानको माध्यमबाट बेलायतको नागरिकताका लागि निवेदन दिइन् । तर, उनी त्यो झन्झटिलो प्रक्रियाले निकै विक्षिप्त बनिन् । उनले बेलायतको नागरिकता पाउन अंग्रेजी र इतिहासको परीक्षा दिनुपर्ने र हजार पाउन्डभन्दा बढी तिर्नुपर्ने भयो ।

    “मैले अब बसोबासका लागि फेरि निवेदन दिनुको साटो आफ्नै मुलुक फर्किने सोंच बनाएकी छु,” उनले भने, “अब के हुन्छ ? ब्याज अथवा ब्रान्ड ?”

    अन्नाका इटालियन बाबु जीवनको उत्तरार्धमा डिमेन्सियाबाट ग्रस्त भए र मार्चमा उनले संसार छोडे । उनी पनि बेलायतले ईयू नागरिकलाई गर्ने व्यवहारबाट निकै चिन्तित थिए । सन् १९६४ मा एक वासिङ मेसिन बनाउने कम्पनीमा काम गर्ने शिलशिलामा परिवारसहित बेलायत आएका थिए । त्यस समयमा प्राय : इटालियन तथा अन्या ईयूका नागरिकलाई उत्तम रोजगारीको व्यवस्था बेलायतमा थियो र जसलाई विदेश भन्‍ने ठानिन्थ्यो ।

    “उहाँ बेलायतलाई निकै माया गर्नुहुन्छ । किनभने उनलाई बेलायत एक स्वच्छ र सभ्य मुलुक भन्‍ने लाग्थ्यो । उहाँ आफू बेलायत आएकोमा निकै गर्व गर्थे,” उनले भने, “तर, बेलायतले मलाई धोका दियो ।”
    रोयटर्सबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कप्तानगञ्ज घटनामा संलग्न भएको आरोपमा ६ जना भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ
  • बिहारमा रेल दुर्घटना ,६ जनाकाे मृत्युु
  • इजरायल आक्रमण: एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा
  • विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑