सोलुखुम्बु | प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा प्राथमिक अस्पताल उदघाटन गरेका छन्। मुख्यमन्त्री राईले शुक्रबार महाकुलुङ–१ बुङमा निर्माण गरिएको १५ शय्याको अस्पतालको उद्घाटन गरेका हुन्। अस्पताल निर्माणका लागि ४६ लाख ८५ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए।
अस्पतालले ल्याब, एक्सरेसहितको चिकित्सक सेवा प्रदान गरिरहेको छ। उदघाटन समारोहमा मुख्यमन्त्री राईले केचनाकवलदेखि सगरमाथासम्म फाष्टट्रयाक र केवलकारको महत्वाकांक्षी योजना, मुन्धुम ट्रेल, मध्यमहाडी लोकमार्ग, पाँचपोखरी, महाकुलुङ ताल र एयरपोर्टले गर्दा महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल रहेको बताए। उनले प्रदेश १ लाई धनी बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताए।