वीरगञ्ज | इन्डोनेशिया बालीका एक न्युट्रिसियनिस्टले पछिल्लो एक वर्षदेखि पानी पिएकी छैनन् । पानी नपिएकै कारण उनी स्वस्थ भएको महसुस गर्छिन् । ३५ वर्षीया सोफी पार्तिकको अनुहारमा धेरै समस्या थियो । उनी फुड एलर्जी, सुख्खा छाला र कमजोर पाचन शक्ति जस्ता समस्याबाट ग्रसित थिइन् । थुप्रै प्रयास र उपचारपछि पनि उनले ती समस्याबाट छुटकारा पाउन सकेकी थिइनन् । तर उनले ‘ड्राइ फास्टिङ’ गर्दा समस्याको निराकरण हुन्छ भन्ने थाहा पाइन् । ‘ड्राइ फास्टिङ’ भनेको पानी नखाने व्रत हो । उनले आफ्नो साथीको सल्लाहमा ड्राई फास्टिङ सुरु गरेको बताएकी छन् ।
पानीबाहेक उनले नियमित रुपमा फलफूल सहित रस पिउने गर्छिन् । पानी तिर्खा लागेमा उनी फलफूलको जुस पिउँछिन् । अहिलेसम्म सोफी ५३ घण्टा बिना तरल पर्दाथ बस्न सकेकी छन् । अब उनी १० दिनसम्म बिना कुनै तरल पर्दाथ बस्न चाहन्छिन् । सोफी भन्छिन्, ‘हामी पानी बिना बाँच्न सक्दैनौँ भन्ने केवल भ्रम हो । हामीले आफ्नो चाहनासँग जित्न आफूमा आत्म नियन्त्रण कायम गर्न आवश्यक छ । ‘जब मैले ड्राई फास्टिङ गर्न सुरु गरेँ, धेरै समस्या उत्पन्न भयो । तर मैले ती सबैलाई जितेकी छु।’ उनका अनुसार ड्राई फास्टिङ गर्ने हो भने केही समयमा नै हाम्रो शरीरलाई पानी आवश्यक छैन भन्ने बुझ्छौँ । तर यो फास्टिङ गर्न निकै गाह्रो भएको उनी बताउँछिन् । फास्टिङ सुरु गरेको दिन धेरै समस्या भोग्नुपरे पनि अहिले आफू पहिलेभन्दा धेरै स्वस्थ रेहेकोमा उनी खुशी छिन् ।