पर्साका प्रहरी हुन्डीमा सग्लङ्गन , १० लाख बाडीचुडी खाने असइ सहित ४ जना प्रहरीको हिरासतमा
वीरगंज संजाल
१५ फाल्गुन २०७६, बिहीबार २२:२७
९६२९
बिरगंज । पर्सामा नया आउनु भएको महिला प्रहरी उपरीक्षक गंगा पन्तले हुण्डी कारोबारीसंग संलग्नता देखिएपछि एकजना असई सहित ४ जना प्रहरीलाई पक्राउ गरी थुनामा राखेको खबर प्राप्त भएको छ ।हुण्डी कारोबारीसंग साठगाठ गरेको आरोपमा प्रहरी सहायक निरिक्षक पुर्ण तामांग सहित चारजना प्रहरीलाई थुनामा राखेर अनुशनधान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।पक्राउ पर्नेमा सिमा प्रहरी चौकी इनर्वा गाउँमा कार्यरत इन्चार्ज प्रहरी सहायक निरिक्षक पुर्ण तामाङ , सोही चौकीमा कार्यरत प्रहरी हवलदार विष्णु दयाल चौधरी,जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसनधान शाखामा कार्यरत प्रहरी जवान राजकुमार गुरुगं र लागुऔषध नियन्त्रण व्यूरो कार्यालय वीरगञ्जमा कार्यरत प्रहरी जवान अवधेश राय यादव रहेका छन ।
असई तामाङको कमाण्डमा रहेको प्रहरी टोलीले एक हप्ता अगाडी फाल्गुन ७ गते बुधबारका दिन दिउसो २ बजेको समयमा इनर्वा गाउकै भुटन देवी मन्दिर अगाडीबाट एकजना हुण्डी कारोबारीलाई २० लाख रुपैया सहित पक्राउ गरेको थियो ।सिमावर्ती भारतीय शहर रक्सौलका हुण्डी कारोबारी फुल हसनको हुण्डीको रकम लिएर आईरहेको उनका भरियाको साथबाट असई तामाङले २० लाख नेपाली रुपैया बरामद गरेका थिए ।तर अवैध वित्तिय कारोबार गरेको आरोपमा २० लाख रुपैया सहित पक्राउ गर्नुको साटो असई तामाङ नेतृत्वको टोलीले १० लाख रुपैया सहित कारोबारीलाई फिर्ता पठाएर बाकी १० लाख रुपैया चारैजना प्रहरीले बाडिचुडी खाएका थिए ।
दुई दिन अगाडी पक्राउ परेका हुण्डी कारोबारीले नै पोल खोल दिएपछि प्रहरी उपरीक्षक पन्तले हिजो साझै चारैजना प्रहरीलाई पक्राउ गरी थुनामा राखेकी थिईन ।पक्राउ परेका चारैजजना प्रहरीको साथबाट हुण्डी कारोबारी संग लिएको १० लाख रुपैया समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।पक्राउ परेका चारैजना प्रहरीलाई थप अनुशनधान गरेर अख्तियार दुरुपयोग अनुसनधान कार्यालय हेटौडालाई बुझाउने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।