• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    मकैमा अनौठो रोग : घोगामा होइन, बोटको टुप्पोमा दाना फले

  • वीरगंज संजाल
  • Feb 25, 2020, 3:41 pm
  • ८९९९

    बारा |  बारामा किसानले लगाएको मकै बालीमा अनौठो किसिमको रोग देखा परेको छ । मकैको घोगामा दाना लाग्नु पर्नेमा त्यसो नभइ बोटको टुप्पोमा फुलेको धानचमरमा स-साना मसिनो दानाजस्तो गेडा लागेको र यसले बाली नै बिग्रिएको किसानले बताएका छन् । १३ कठ्ठामा मकै लगाएका जितपुर सिमरा १८ बडहर्वाका किसान बद्री बखती भन्छन्,’ ८ कठठाको मकै ठिक छ तर ५ कठठामा भने अनौठो समस्या देखिएको छ। घोगामा दाना लागेकै छैन। बोटको टुप्पामा फुलेको धानचमरमा मसिना-मसिना दाना फलेको छ।

    उनी भन्छन्, ‘ मकै खेती गर्न थालेको १०÷१२ वर्ष भयो। यस्तो अनौठो समस्या देखिएको पहिलो पटक हो।’ घोगामा दाना नलागेको र बोटको पात पनि सुक्दै गएकाले यसपालीको बाली बिग्रिएको बखती बताउँछन्। बडहर्वाकै किसान ज्ञानु देवकोटाको पनि १ बिघाको मकैबालीमा दाना लागेको छैन । यति बेलासम्म घोगामा दाना लागि सक्नुपर्ने हो तर घोगामा नभइ बोटको टुप्पामा पलाएको धानचमिरामा सानो सानो गेडा फलेको छ।ज्ञानुकी छिमेकी सानी मैया कार्की दाना नलागेर बाली बिग्रिएपछि ९ कठठाको मकैबाली काटेर भैंसीलाई खुवाएको बताउँछिन् ।’धानचमरामा दाना लागेपछि मकै फल्दैन। त्यसैले काटेर वस्तुभाउलाई खुवाइ दिए, उनले भनिन्,’यसपालीको मेहनत खेर गयो।’

    घोगामा नभइ बोटको टुप्पामा दाना फल्ने अनौठो रोग लागेर मकैबाली बिग्रिएपछि बाराका सयौं किसान भने चिन्तामा छन् । पसलबाट उधारोमा बीउ , मल र विषादी ल्याएर लगाइएको बाली बिग्रिएर मकै नै नफल्ने भएपछि किसान चिन्तित भएका हुन्।

    अनौठो रोग लागेर बिग्रिएको मकैबाली देखाउँदै बारा बडहर्वाका किसान । तस्बिर : क्रान्ति शाह

    बीउ, मल र विषादी र खनजोत सबै गर्दा अहिलेसम्म ६० हजार रुपैयाँ खर्च भइसकेको छ, किसान ज्ञानु देवकोटा भन्छिन् , ‘सबै उधारोमा ल्याएर खेती गरेकी हुँ। अब मकै फल्ने छाटकाट छैन। साहुलाई उधारो कसरी तिर्ने भन्ने चिन्ताले पिरोलि रहेको छ ।’मकैबालीका लागि उधारोमा बीउ ,मल र विषादी दिएका पसलेले बाली बिग्रिएको थाहा पाएपछि उधारो तिर्न तोकेता गर्न थालिसकेको अर्की किसान मुन्ना भारती बताउँछिन् । उनी भन्छिन्, ‘६ कठठामा लगानी १५ हजार जति भएको छ । साहुले बाली बिग्रिएको देखेपछि उधारो जति सक्दो छिटटो तिर्नु भनेर गएका छन् ।’

    कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा यसपाली कुल ६ हजार हेक्टर जग्गामा मकै खेती गरिएको छ । त्यसमध्ये ३ सय ५० बिघाको मकैबालीमा दाना नलागेको समस्या देखिएको हो ।जिल्लाको जितपुर सिमरा र कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका गाउँमा मकैबालीमा दाना नलागेको समस्या देखा परेको केन्द्रका प्रमुख जितेन्द्र यादव बताउँछन्।

    घोगामा नभइ बोटको टुप्पोमा दाना लागेको गुनासो किसानबाट आएपछि केन्द्रबाट खटिएका २ जना प्राविधिकको टोलीले किसानको खेतमा पुगेर बालीको निरीक्षण गरेका छन् । तर, यसपाली मकैबालीमा देखिएको अनौठो प्रकारको समस्याको कारण भने उनीहरुले पत्ता लगाउन सकेका छैनन् । 

    अनौठो रोग लागेर बिग्रिएको मकैबाली देखाउँदै बारा बडहर्वाका किसान । 

    केन्द्रका प्रमुख यादव भन्छन्, ‘पहिलो पटक मकैबालीमा यस्तो समस्या देखिएको छ। निरीक्षणमा गएका प्राविधिकले पनि यो समस्याको भेउ पाउन सकेनन्। त्यसैले यस विषयमा माथिल्लो निकायमा खबर गरिसकेका छौं।’स्थानय बीउ बिक्रेता टेकबहादुर राना भने नेपाल सरकारबाट सुचिकृत भएकै श्रेष्ठ जातको मकैको बीउ किसानले रोपेको भएपनि यसपाली मकै बालीमा अनौठो रोग देखा परेको बताउँछन्। किसानले श्रेष्ठ जातको बिउ लगेर रोपेका हुन्। यो सरकारबाट सूचिकृत भएकै जातको बीउ हो, उनले भने, ‘यसभन्दा अघिल्ला वर्षमा पनि किसानले यहि बीउ लगेर रोपेका थिए। मकै राम्रै फलेको थिए तर यसपाली भने अनौठो रोग बालीमा देखिएको छ। क्रान्ति शाह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
  • २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
  • प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
  • म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ

    नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    News

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    News

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    News

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑