वीरगंज । घुर ताप्ने क्रममा गम्भीर घाइते भएकी महिलाकाे नेपाली कांग्रेसका युवा नेता मनिकान्त गुप्ताले सहयाेग गरेका छन् । पर्साको छिपहरमाई गाउँपालिका – ५ भिस्वाकी घाइते ५० बर्षीया सायरा खातुनलाई स्थानिय युवा नेता गुप्ताले रु ५ हजार नगद सहयाेग गरेका हुन् ।
नारायणी अस्पतालमा उपचार गराइरहेकी घाइते सायरालाई अस्पताल मै साेमबार दिउसाे पुगी गुप्ताले सायरका पति रजाक मियाँलाई नगद रु ५ हजार हस्तान्तरण गरे ।
पहिलेदेखि नै बिरामी रहेकी सायरा आइतबार बिहान घुर तापेर उठ्ने क्रममा आगोले जलेकी थिइन । आर्थिक अवस्था कमजोर रहेका कारण मियाँ परिवारले आगोले पोलेपछि पनि सायरालाई उपचारका लागि स्वास्थ्य संस्था लगेका थिएनन् ।
स्थानीय ताराचन्द पण्डितको पहलमा आगाे लागेकाे झन्डै ३ घण्टा पछि उनलाई छिपहरमाई गाउँपालिकाकाे एम्बुलेन्सले उनलाई नारायणी अस्पताल ल्याइएको थियो ।
पैसा नभएकै कारण अस्पतालमा उपचारका लागि समस्या भएको थियो । नारायणीमा अभ्यासका लागि गएका हिमाल इस्टिच्युट अफ हेल्थ साइन्समा एचए अध्ययनरत विद्यार्थीहरुले खाजा खर्चबाट पैसा जोगाएर सहयोग गरेका थिए ।
आर्थिक अभाव कै कारण औषधी खरिद गर्न नसकेको नपाएको जानकारी पाएपछि नास्ताको पैसा बचाएर ५ सय रुपैयाँ सहयोग गरेका थिए । पछि सायरकाे अवस्थाकाे बारेमा वीरगंजका कलकार अजमत अलीलाई थाह भए पछि उनी पनि अस्पतालमा पुगी सहयाेग गरेका थिए ।
पण्डितका अनुसार मियाँ परिवार गरिब भएका कारण उपचारका अझै आर्थिक समस्या भइरहेको छ । रजाक मियाँले पनि श्रीमती सायराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । साेमबार उनलाई अस्पतालकाे आइसियु कक्षमा लगेर उपचार लगिएकाे छ भने अवस्था चिन्ताजनक नै रहेकाे छ ।
यस अघि पनि छिपहरमाई गाउँपालिकाकी एक महिला आगाेले जलेकी थिइन । गरिब परिवारकी ति महिलाकाे आर्थिक अभावका कारण उपचारमा समस्या भए पछि मृत्यु भएकाे थियाे । Kalikatimes