सिरहा | सिरहाको चोहर्वा सडक खण्डमा आज (सोमबार) विहान यात्रुबाहक बसले मोटरसाईकललाई ठक्करदिँदा दुई जनाको मृत्यु भएको छ ।
सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको बसले नरहा गाउँपालिका ५ बलुवा चौक नजिकै सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार सिरहा नगरपालिका ३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मोटरसाईकलमा सवार मण्डलद्वय जन्तीवाबाट घर फर्किदै गर्दा दुर्घटनामा परेको हो ।the nepal top