सिमरा । त्रिभुवन राजपथअन्तर्गत अमलेखगञ्ज हेटौँडा सडक खण्डको बडा हाकिम पुल नजिकै कुहिएको अवस्थामा एक ब्यक्तीको शव फेला परेको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने उक्त स्थानमा अन्दाजी ४०÷४५ वर्षको पुरुषको जस्तो देखीने शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज, प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए ।
‘बाहिरी भाग सम्पूर्ण रुपमा सडिसकेको छ, ठ्याक्कै भन्न नसकिएपनी पुरुषको शव जस्तो देखीन्छ ।’ प्रहरी नायब उपरिक्षक पुरीले बारा खबरसँग भने ।
प्रकृती हेर्दा १५/२० दिन अगाडीनै मृत्यु भएको हुनसक्ने देखीएको उनले बताए ।
घाँस काट्न जाने महिलाहरुले राजमार्गबाट केही भित्र सडेको अवस्थामा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
शव नै पहिचान नहुने अवस्थामा रहेकाले मृत्युको कारण तत्काल भन्न नसकिने भन्दै पुरीले भने, ‘शल्य परिक्षणका लागि कलैया अस्पतालमा पठाएका छौँ , रिपोर्ट आएपछी कारण थाहा लाग्नेछ । हामिले पनि थप अनुसन्धान गरीरहेका छौँ ।’