• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

  • वीरगंज संजाल
  • २६ बैशाख २०८२, शुक्रबार १७:४१
  • १२९७

    वीरगन्ज । सरकारले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। भारत–पाकिस्तानबीच तनाव बढेपछि सरकारले पछिल्लो दुई दिनमा नेपाल–भारत सीमा क्षेत्रमा ३१२ वटा गस्ती गरेको छ। पछिल्लो ७२ घण्टामा सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल एसएसबीसँगको ११५ वटा संयुक्त गस्ती परिचालन गरिएको छ। ३२५ वटा सशस्त्रको सुरक्षा गस्ती र २४८४ स्थानमा चेकपोइन्ट राखेर नेपाल–भारत आवत जावत गर्नेहरूमाथि निगरानी बढाइएको छ।

    सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, नेपाल–भारत सीमा नाकामा सशस्त्रको २४५ वटा बिओपी (बोर्डर आउट पोस्ट) स्थापना भइसकेको छ। उक्त बीओपीमार्फत नै सीमानाकामा २४ सै घण्टा निगरानी गर्ने गरी सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    भारत–पाकिस्तान तनावका कारण नेपालमा हुनसक्ने सुरक्षा खतरालाई ध्यानमा राख्दै सीमामा हुनसक्ने गतिविधिमा निगरानी बढाइएको हो। सहप्रवक्ता थापा भन्छन्, ‘सशस्त्र प्रहरी बलको विभिन्न मुख्यालय र बाहिनीमा रहेका सुरक्षाकर्मी समेत परिचालन हुने गरी गस्ती बढाइएको हो। बाहिनी मुख्यालयअन्तर्गतका १३ हजार बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ। सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरिएको छ।’

    नेपाली सेनाले पनि बढायो निगरानी
    नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले नेपालमा भइरहेका विभिन्न गतिविधिमाथि सेनाले निगरानी बढाएको बताएका छन्। भारत–पाकिस्तान विवादपछि हुनसक्ने सुरक्षा खतराका विषयमा सूक्ष्म निगरानी गरिरहेको र देशलाई आवश्यक पर्दा परिचालन हुनसक्ने गरी तयारी अवस्थामा रहेको उनले बताए। उनले भने, ‘नेपाली सेना तयारी अवस्थामा छ।’

    भारतले पाकिस्तानमा रहेको आतंकवादी केन्द्रित कारबाहीमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। अहिले भारत र पाकिस्तानले एकअर्कामाथि मिसाइल प्रहार गर्ने क्रम जारी राखेको छ। नेपाल–भारत सीमा प्रयोग गरेर विभिन्न गतिविधि हुनसक्ने शंका गर्दै नेपालका चारवटै सुरक्षा निकाय हाइअलर्टमा छन्।

    बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सुरक्षा परिषद्को बैठक बोलाएका थिए। यस्तै गृहमन्त्री रमेश लेखकले पनि केन्द्रीय सुरक्षा समितिको बैठक राखेका थिए। सुरक्षा परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत–पाकिस्तानबीच बढिरहेको तनाव र त्यसले नेपालमा सिर्जना गर्ने सम्भावित चुनौतीका विषयमा छलफल गरेका थिए। केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए।

    गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार केन्द्रीय सुरक्षा समितिको बैठकमा सीमामा उच्च सतर्कता अपनाउने र परिचय नभएका व्यक्तिलाई सीमा वारपारमा कडाइ गर्न निर्देशन दिइएको छ। सीमा क्षेत्रमा खटिने सुरक्षा फोर्सको संख्या बढाएर निगरानी गरिने प्रवक्ता तिवारीको भनाइ छ।

    के–के छन् सुरक्षा खतरा ?
    भारत–पाकिस्तान तनावले उक्त क्षेत्रका नागरिकहरू नेपाल प्रवेश गर्ने खतरा रहेको सुरक्षा निकायको निष्कर्ष छ। गृह मन्त्रालय स्रोतका अनुसार युद्धका बेला पीडितहरू अन्य देशमा शरण माग्न जाने प्रचलन छ। यस्ता समूहहरू लुकीछिपी नेपाल प्रवेश गर्नसक्ने सम्भावना छ। पाकिस्तानी रोहिंग्याहरू नेपाल छिर्ने बढी खतरा रहेको सुरक्षा निकायको निष्कर्ष रहेको गृह स्रोतले जानकारी दियो।

    आपराधिक गतिविधिमा नेपालको भूमि प्रयोग
    विस्थापित समूहले नेपालको भूमि प्रयोग गरेर आपराधिक गतिविधि बढाउनसक्ने खतरा छ। यसका लागि सरकारले सीमामा संयुक्त गस्ती बढाउने, विशेष निगरानी गर्ने र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा राख्ने सरकारको तयारी छ। परिचय नभएका व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाउने निष्कर्ष पनि निकालिएको छ।

    युद्धस्थलमा नेपाली नागरिकको सुरक्षा खतरा
    सरकारले युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि विशेष तयारी गरेको छ। नेपाली नागरिकलाई युद्धग्रस्त क्षेत्रमा नजान सरकारले एडभाइजरी जारी गर्ने तयारी पनि गरेको छ। युद्धका बेला हुनसक्ने खतराका सबै सम्भावनालाई ध्यानमा राखेर सरकारले सुरक्षा तयारी गरेको छ।

    मदरसा र मस्जिदमा सुरक्षा खतरा
    सरकारले तराई–मधेसका जिल्लामा रहेका मदरसा र मस्जिदमा पनि अवाञ्छित गतिविधि हुनसक्ने आकलन गर्दै सुरक्षा निगरानी बढाएको छ। सुरक्षा स्रोतका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका मुस्लिम समुदायहरू लुक्दै भाग्दै नेपालका मस्जिदहरूमा शरण लिन आउने सम्भावना छ। आपराधिक गतिविधि गर्ने गिरोह पनि सुरक्षा खोज्दै यता आउने सम्भावना छ। गाउँ शहरमा रहेका मस्जिद तथा मदरसाहरूमा आपराधिक गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाइएको स्रोतको भनाइ छ। अजवी पौड्याल/अन्नपूर्णपोष्ट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑