चीन । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । २७ सय भन्दा बढी संक्रमित भएका छन् ।
भाइरसको प्रकोप बढेपछि चीनले नौवटा सहर बन्द गरेको छ । हुबेईमा मात्रै मृत्यु हुनेको संख्या ७६ पुगेको छ भने अन्य सहरमा ४ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।
चीनमा मात्रै २ हजार ७ सय ४४ जनामा संक्रमण भइसकेको छ जसमध्ये ३०० जनाको अवस्था गम्भिर रहेको छ । चीनबाहेक ११ वटा देशमा पनि यसको संक्रमण देखिएको छ । यी देशहरुमा अहिलेसम्म ४१ जनामा भाइरस भेटिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार थाइल्याण्डमा ८, अमेरिकामा ५, सिंगापुर,ताइवान, मलेसिया र अष्ट्रेलियामा ४, फ्रान्स र जापानमा ३, दक्षिण कोरिया र भियतनाममा २, र नेपाल र क्यानडामा १ जना संक्रमित भएको भेटिएको छ ।
अहिलेसम्म चीनबाहिरका मुलुकमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन् । मृत्यु हुनेमा धेरै जसो बढी उमेरका र पहिलेदेखि नै श्वासप्रश्वाससम्बन्धि समस्या भएका मानिसहरु रहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।