• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसइईमा झन्डै आठ हजार विद्यार्थी अनुपस्थित

  • वीरगंज संजाल
  • १३ चैत्र २०८१, बुधबार ०९:२९
  • ८४१

    वीरगंज । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा झन्डै आठ हजार विद्यार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ७ चैतदेखि सुरु परीक्षामा अनुपस्थित विद्यार्थीको संख्या सात हजार ८७९ पुगेको छ ।

    यस वर्ष एसइईमा सहभागी हुन फारम भर्ने र प्रवेश–पत्र लिने विद्यार्थीको संख्या पाँच लाख १४ हजार ७१ थियो । पहिलो दिन ७ चैतमा अनुपस्थित विद्यार्थी संख्या खोज्दा ठुलो संख्यामा विद्यार्थी परीक्षा दिन नआएको देखिएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

    उनका अनुसार अनुपस्थित हुने मुख्य कारण रोजगार, स्वास्थ्य समस्या, घरायसी बाध्यता तथा विदेश पलायन हुन् । कतिपय विद्यार्थी पढाइमा रुचि नभएर वा परीक्षा दिन आलस्य गरेर पनि अनुपस्थित हुने गरेको पौडेलले बताए ।

    ‘हामीले यो तथ्यांक पहिलो दिनको आधारमा तयार गरेका हौँ । प्रत्येक जिल्लाबाट प्राप्त तथ्यांकलाई एकीकृत गरी विश्लेषण गरेका छौँ । देशभरका परीक्षा केन्द्रमा फारम भरी प्रवेश–पत्र लिएका सात हजार ८७९ विद्यार्थी परीक्षामा सामेल भएनन्,’ उनले भने, ‘उनीहरू अनुपस्थित हुनुको धेरै कारण हुन सक्छन् । केही विद्यार्थी बिरामी र केही पारिवारिक कारणले आएनन् । कोही रोजगारीको सिलसिलामा विदेश गएका कारण परीक्षामा सामेल हुन सकेनन् भने केही विद्यार्थीमा परीक्षा दिन अल्छी लाग्ने प्रवृत्ति पनि देखियो ।’

    बोर्डका अनुसार यसपटक सबै विषयतर्फ गरी ७६ हजार हजार ८६ विद्यार्थीले पूरक परीक्षाका लागि फारम भरेका थिए । तर, त्यसमध्ये ११ प्रतिशत अर्थात् दुई हजार १५ अनुपस्थित भएका छन् । पूरक विद्यार्थीमध्ये धेरैजसो रोजगारमा पनि लागेका कारण उनीहरू परीक्षा दिन नआएको हुन सक्ने बुझिएको छ ।
    यसपटकको परीक्षामा प्राविधिक धारतर्फ १६ हजार ९४७ विद्यार्थी सहभागी भएकोमा ३२६ जना विद्यार्थी अनुपस्थित छन् । बोर्डका परीक्षा नियन्त्रक पौडेलले यो संख्या निकै थोरै र सामान्य रहेको बताए । गत वर्ष एसइईमा आठ हजार विद्यार्थी अनुपस्थित थिए ।

    १९ जना निरीक्षक र दुईजना केन्द्राध्यक्षमाथि कारबाही
    पछिल्लो समय एसइई परीक्षा अव्यवस्थित बन्दै गएको छ । परीक्षामा विभिन्न अमर्यादित गतिविधि भइरहेका छन् भन्ने बोर्डले जनाएको छ । कतिपय स्थानमा विद्यार्थीले खुलेआम चिट चोर्ने, मोबाइल प्रयोग गर्ने, नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने तथा राजनीतिक पहुँचका आधारमा परीक्षा केन्द्र तोक्न दबाब दिनेजस्ता घटना भएका छन् । हालसम्म विभिन्न परीक्षा केन्द्रहरूबाट ७८ वटा मोबाइल जफत गरिएका छन् । यस्तै, १९ जना परीक्षा निरीक्षक कारबाहीमा परेका छन् भने दुईजना केन्द्राध्यक्ष निष्कासनमा परेका छन् । साथै, एकजना विद्यार्थीलाई पनि निष्कासन गरिएको छ भने एकजना नक्कली परीक्षार्थीसमेत फेला परेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑