वीरगंज। क्यान इन्फोटेक २०२० मेलाको समुद्घाटन समारोह गरि मेला आज देखि सुरु भएको छ। गणतान्त्रिक नेपालको पहिलो तथा पुर्व राष्ट्रपति डा. रामवरण यादव द्वारा क्यान इन्फोटेक २०२० मेलाको उद्घाटन गरि मेला आज देखि सुरु भएको छ। आज देखि सुरु भएको मेला पाँच दिन माघ १३ गते सम्म सञ्चालन रहने छ। क्यान द्वारा सञ्चालनलित कमप्युट तथा सञ्चार सम्बन्धि मेलामा युवाहरुलाई जोडि बैज्ञानिक तथा प्रबिधि सम्बन्धि प्रशिक्षण गराए मेला अवलोकन गर्नेको संख्या अझै बढनेछ।
साथै क्यान द्वारा प्रदेश स्तरमा सञ्चालन गरिदै आएको मेला चाडै जिल्ला स्तरमा रुपान्तरण हुने भनी समुद्घाटन समारोहमा पुर्व राष्ट्रपति यादवले बोल्दै क्यान परिवारलाई शुभकामना दिएका थिए। क्यान द्वारा सञ्चालित उक्त मेला आज देखि पाँच दिन माघ १३ गते सम्म लागने छ। मेलामा सफ्टवेयर, मोबाइल वालेट सिस्टम, ब्याङ्किङ इन्स्योरेन्स लगाएत अन्य स्टलहरुको प्रदर्शनी हुने छ। साथै मेला अवलोकन गर्ने आउनेलाई रु ३० को टिकट लाग्ने, विद्यार्थीहरुको लागि रु २० को टिकट कायम गरिएको छ। प्रत्येक दिन मेला बिहान १० बजे देखि बेलुका ६ बजे सम्म लागने छ।
साथै मेलामा प्रत्येक दिन आइटी सेमिनार, होस्टी, तालिम, ड्रोन लगाएत अन्य प्रबिधि द्वारा प्रदर्शनी हुने छ। डिजिटल मेलाको सुरुवात डिजिटल रोबर्ट द्वारा रिवन काटी गरिएको थियो। पुर्व राष्ट्रपति रामवरण यादव द्वारा उद्घाटन गरिएको क्यान इन्फोटेक २०२० मेला समुद्घाटन कार्यक्रममा क्यानका केन्द्रीय अध्यक्ष नवराज कुँवर, निवर्तमान अध्यक्ष हेमन्त चौरसिया, क्यान महासंघ प्रदेश नं.२ का अध्यक्ष आलोक चौरसिया,क्यान महासंघका केन्द्रिय सदस्य, केन्द्रीय महासचिव, क्यान महासंघ पर्साका सम्पूर्ण पदाधिकारीहरु तथा संचारकर्मीहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो समुउद्घाटन समारोह समापन्न पछि पुर्व राष्ट्रपति रामवरण यादव सहितको टोलिले मेला भ्रमण गरि मेलामा लगाइएको स्टलमा सञ्चालक सङ भेटघाट र कुराकानी गरेका थिए। साथै केही बेर पछि बिरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मेला भ्रमण गरेका थिए। क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा सम्पन्न भएको थियो।