वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पतालको आयोजनामा विश्व स्ट्रोक दिवसको अवसरमा गोष्ठी सम्पन्न भएको छ । नेपाली सेनाको श्री २८ नं फिल्ड एम्बुलेन्स, जितपुरसँगको सहकार्यमा नेपाली सेनाको ब्यारेकमा जानकारीमूलक गोष्ठी सम्पन्न गरेको हो ।
२९ अक्टोबरलाई विश्व स्ट्रोक दिवसको रूपमा मनाउँदै आएको छ । सो अवसरमा नेपाल मेडिसिटी वयोधा अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा.विधान ज्ञवालीले स्ट्रोकको बारेमा जानकारी गराएका थिए ।
उक्त गोष्ठीमा नेपाली सेनाका ४७ जना सहभागी थिए। सहभागीहरूका अनुसार गोष्ठी अत्यन्तै जानकारीमूलक र उपलब्धीमूलक रहेको बताए । गोष्ठीमा गराईएको जानकारीले स्ट्रोकको जटिलता, जोखिम, तथा पहिचानबारे उचित जानकारी प्रदान गरेको र यो आपत्कालमा अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।
मधेश प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपाल मेडिसिटी वयोधा अस्पतालले हाल स्नायुरोग विभागमा ४ जना विशेषज्ञ चिकित्सकहरूको टोली २४ सै घण्टा उपलब्ध रहेको छ। डा. विधान ज्ञवालीले जीवनशैलीमा आएको परिवर्तन र अन्य कारणहरूले गर्दा नेपालमा स्ट्रोकको समस्या व्यापक भएको जानकारी दिए ।
गोष्ठीले स्ट्रोकको पहिचान र रोकथाम सम्बन्धी विस्तृत जानकारी प्रदान गरेको उनले उल्लेख गरे । उहाँले अन्य विभिन्न स्नायुसम्बन्धी समस्याहरू र रोगहरूबारे पनि अझै सचेतना फैलाउनु पर्नेमा जोड दिए ।
यस्ता प्रकारका सचेतनामूलक कार्यक्रमहरूले मधेश प्रदेशमा स्ट्रोक र अन्य स्नायुसम्बन्धी समस्याबारे जनचेतना अभिवृद्धि गराउन मद्दत पु¥याउनेमा अस्पताल विश्वस्त रहेको जनाएको छ।