• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पतालमै रहन सुसिल यादवको मरिहत्ते, सरुवा रोक्न लाखौ खर्च

  • वीरगंज संजाल
  • १३ कार्तिक २०८१, मंगलवार १३:४४
  • ९०५

    वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत नायब सुब्बा सुसिल प्रसाद यादव जहाँसुकै सरुवा भएपनि पुनः नारायणी अस्पतालमै फर्कने गरेका छन् । यादवको सरुवा विभिन्न कार्यालयमा भए पनि उनी ५ वर्षदेखि बारम्बार नारायणी अस्पतालमै फर्कने गरेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३१ भदौ २०८१ मा बसेको बैठकले यादवलाई गृह मन्त्रालय मातहतको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो भने उनको ठाउँमा सर्लाही जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कमलेस कुमार सहनीलाई नारायणी अस्पतालमा सरुवा गरिएको थियो । तर, कार्तिक २ मा स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार यादवलाई पुनः नारायणी अस्पतालमै पदस्थापना गरिएको छ ।

    यसअघि उनी शहरी सघन भवन निर्माण शाखा पर्सामा पनि सरुवा भएका थिए, तर लगभग दुई महिना मात्र काम गरेर फेरि नारायणी अस्पतालमै फर्किए ।

    यादवले संघीय मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय मातहतमा सरुवा गराउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलका स्वकिय सचिव बिश्वबन्धु रेग्मिलाई १० लाख र पुनः स्वास्थ्य मन्त्रालयबाट नारायणी अस्पतालमै पदस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थप १० लाख रकम बुझाएका छन् ।

                                                                                             पदस्थापन गरिएको पत्र । 

    यसरी पाँचौ तहको नायब सुब्बाले लाखौं खर्च गरेर भए पनि नारायणी अस्पतालमा बस्न खोज्नु र सरुवा रोक्नु पक्कै पनि सामान्य कुरा हैन । आखिर नारायणी अस्पतालमा के त्यस्तो विशेषता छ जसले यादवलाई बारम्बार नारायणी अस्पतालमै बस्न प्रेरित गरेको छ  ?

    अस्पतालका कर्मचारीहरूले यादवको भूमिकाबारे पनि गम्भीर आशंका व्यक्त गरेका छन् । उनी अस्पतालको बिल व्यवस्थापन, टेन्डर प्रक्रिया, औषधी र उपकरण खरिद, तथा अन्य आर्थिक क्रियाकलापमा मात्र नभई अस्पतालमा अनावश्यक मर्मत सम्भार गराएर आर्थिक फाइदा लिने गतिविधिमा सक्रिय देखिएका छन् ।

    सरुवा हुन नचाहने यादवले नेताहरूको घर–घरमा पुगेर समर्थन जुटाएको र त्यही सहयोगको बलमा नारायणी अस्पतालमै बस्न सफल भएका छन् । यति मात्रै नभएर उनले नेताका मान्छेहरुलाई अस्पतालमा जागिर सम्म दिने गरेको स्रोतले बताएको छ ।

    यस्तै नेता तथा नेताले भनेका व्यक्तिलाई आर्थिक, इन्धन तथा अन्य सरसहयोग सम्म उनले गर्दै आएका छन् । यसरी एक जना नासुले नेतादेखि बिचौलिया र हाकिमदेखि ठेकेदारसम्मलाई रिझाउन लाखौ खर्च गर्नुले उनले अवैध रुपमा अकुत सम्पती आर्जन गरेको आशंका उब्जिन्छ । ठेकेदारका विश्वास पात्रका रुपमा पनि यादव परिचित छन् । जसले उनै ठेकेदारलाई अस्पतालका सबै किसिमका टेण्डरहरुको जिम्मा दिने गरेका छन् । प्रयोगशालादेखि लिएर औषधी खरिद तथा सबै किसिमका ठेक्कामा उनकै हस्तक्षेप हुने गरेको छ ।

    यस घटनाले नारायणी अस्पताललाई राजनीति र आर्थिक चलखेलको केन्द्रको रूपमा पुनः प्रस्तुत गरिदिएको छ । यसरी अस्पतालमा यादवको निरन्तर रुचि र लाखौं खर्च गराएर भए पनि नारायणी अस्पतालमै फर्कनुको कारण खोज्न आवश्यक देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ
  • मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै
  • पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा
  • तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    News

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    News

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    News

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    News

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑