• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नाम र राजधानीको विषय टुंगो लगाउन प्रदेश नम्बर २ लाई थप सकस !

  • वीरगंज संजाल
  • Aug 27, 2019, 4:13 am
  • ४९०७

    जनकपुरधाम–प्रदेश नम्बर २ को नाम र राजधानी टुंगो लगाउने विषयमा अन्योलता देखिएको छ ।

     बिहीबार प्रदेशसभा सचिवालयमा दलैपिच्छे राजधानी र प्रदेशको नामबारे फरक फरक प्रस्ताव दर्ता भएपछि थप अन्योलता देखिएको हो ।  यतिमात्रै नभइ केही दलका सांसदहरुले पनि पार्टीमा विद्रोह गर्दै अलग्गै प्रस्ताव गर्दा गराएका छन् ।

    प्रदेश सरकारमा आसिन समाजवादी पार्टी र राजपा नेपालले संयुक्तरुपमा प्रदेशको नाम मधेश र राजधानी मिथिला परिक्रमासहित धनुषालाई तोकिनुपर्ने प्रस्ताव गरेको छ । उसले कमला नदीसम्म राजधानीको सीमा भनेपनि केन्द्रविन्दु कहाँ हुने भन्नेमा प्रष्ट पार्न सकेको छैन ।  हुन त समाजवादी र राजपा नेपालका केही सांसदहरुले राजधानीको सवालमा विमति जनाउँदै वीरगञ्जदेखि सिम्रौनगढसम्मलाई बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।

    त्यस्तै कांग्रेसका केहीसांसदले पनि प्रदेशको नाम मध्यमधेश प्रदेश राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।

    तर, प्रदेशसभा सचिवालयमा दलहरुले दर्ता गराएको छुट्टाछुट्टै प्रस्ताव पारित हुने सम्भावना अति न्यून रहेको जानकारहरु बताउँछन् ।

    प्रदेशको राजधानीको सवालमा सबै दलको आ–आफ्नै बुझाई र भनाई रहेको छ ।

    कतिपयले भने जनकपुरधामको विकल्पमा ढल्केवर–बर्दिवास क्षेत्रलाई प्रदेशको राजधानी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

    विपक्षी दल कांग्रेसले जनकपुरधाम उपमहानगरपालिका नै प्रदेशको राजधानी उपयुक्त रहेको जनाएको छ । कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले जनकपुरधाम राजधानीको लागि उपयुक्त रहेको भन्दै यसतर्फनै प्रदेश सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए । भौतिक पूर्वाधार विकास गर्दै पछि जनकपुर उपमहानगर क्षेत्र वरिपरिलाई पनि राजधानीको रुपमा विस्तार गर्न सकिने उनको भनाइ छ ।

     यसबाहेक अन्य दलहरुले राजधानी जनकपुर, मिथिला परिक्रमा र कमला नदी क्षेत्रसम्म रहने भनेपछि नागरिक समाजमा समेत यसको अन्योलता देखापरेको छ ।

    नेकपा, समाजवादी पार्टी र राजपा नेपालले जनकपुर नै राजधानी रहेपनि यसको विस्तार क्षेत्रको कुरामाथि जोड दिएको राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह बताउँछन् ।

    प्रदेशसभा सचिवालयमा प्रदेशको नाम ४ र राजधानी ५
    प्रदेशसभा सचिवालयमा प्रदेशको नामका लागि ४ वटा प्रस्ताव दर्ता भएको छ भने राजधानीका लागि ५ वटा प्रस्ताव दर्ता भएको छ ।

    प्रदेशसभा सचिवालयमा सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रस्ताव दर्ता गराए । सत्तारुढ दलहरु मधेश आन्दोलनको पृष्ठभूमिबाट आएका कारण प्रदेशको नाम मधेश नै राख्नेमा एकमत भएका हुन् ।

    राजपा नेपालका प्रमुख सचेतक साहले आफूहरुले मधेश प्रदेशको लागि विगतमा आन्दोलन गरेको स्मरण गर्दै जनताले पनि मधेशकै लागि मत दिएको हुनाले सोको कदर गर्दै मधेश प्रदेशको प्रस्ताव दर्ता गराएको बताए ।

    समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा दर्ता गराएको प्रस्तावमा जनकपुरधाम भनेपनि यस क्षेत्रलाई विस्तार गर्दै राजधानीको सीमा समेत तोकिएको छ ।

    राजधानीको सीमामा मिथिला माध्यमिकी परिक्रमा सडक, उत्तरमा ढल्केवर राजमार्ग छुनेगरी, पूर्वमा कमला नदीसम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ ।

    यता नेकपाले भने जनकपुरधामसहित पूरै धनुषा जिल्लालाई राजधानीको रुपमा प्रस्ताव गरेको छ ।

    सत्तारुढ दलले मधेश प्रदेश र जनकपुर, मिथिला परिक्रमा क्षेत्र सहितको राजधानीको प्रस्ताव दर्ता गराएपनि पारित गराउनका लागि कूल १ सय ७ सदस्यीय प्रदेशसभा मध्ये ७२ मत आवश्यक पर्छ । जबकी सत्तारुढ दलसँग ५५ मत मात्रै छ ।

    यसअघि मिथिला भोजपुरा मधेश नामका लागि लबिङ गर्दै आएको प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको  छ । नेकपासंग ३२ मत मात्रै छ ।

    प्रदेशसभामा १९ मत रहेको कांग्रेसले आफ्नो पुरानो अडानलाई यथावत राख्दै मिथिला भोजपुरा प्रदेशको प्रस्ताव दर्ता गराएको छ ।

    मिथिला भोजपुरा नाम पारित हुने सम्भावना नभएको बुझेतापनि प्रदेशको नामकारण सवालमा सरकार लगायतका दलहरुसँग छलफल र संवाद मार्फत टुंगो लगाउने पक्षमा आफूहरु रहेको नेपाली कांग्रेसका सचेतक उपेन्द्रप्रसाद कुशवाहाले जनाए ।

    द्वन्द्व विजारोपण
    प्रदेश नम्बर २ को नाम र राजधानीको विषयमा प्रदेशसभाले आह्वान गरे अनुसार संसदीय दलहरुले आ–आफ्नो तर्फबाट नामाकरणको प्रस्ताव दर्ता गराउँदा सत्तारुढ दल समाजवादी पार्टी र विपक्षी दल कांग्रेसभित्र नामको विषयलाई लिएर मतभेद देखिएको छ ।

    सबै दलको आफ्नै एजेण्डा हुँदाहुँदै पनि सत्तापक्ष र विपक्षी दलमा देखिएको फरक मतैक्यताले गर्दा आउने दिनमा प्रदेशको नाम र राजधानीको लागि चर्को पार्टीगत द्वन्द्व नहोला भनेर भन्नसक्ने अवस्था छैन । कांग्रेसका केही सांसदहरुले नै प्रदेशको नाम मध्यमधेश हुनुपर्ने माग गर्दै प्रस्ताव गर्दा गराएका छन् ।

     सत्तारुढ दलका केही सांसदहरुले पनि पार्टीको लाइन विपरित राजधानी वीरगन्ज हुनुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

    छुट्टै प्रस्ताव गर्दा गराउनेमा कांग्रेसका ४ र सत्तारुढ समाजवादीका ७ जना सांसदहरु छन् ।

     सत्तारुढ दलका सांसद सिंगासन सा कल्वारले बारा, पर्सा र रौतहटका केही सांसद तथा राजपा नेपालका केही सांसद समेत राजधानी वीरगन्ज हुनुपर्ने पक्षमा रहेको भन्दै आफूहरुले जनताको दवावमा छुट्टै प्रस्ताव दर्ता गराएको बताए ।

    हुन त नेकपामा समेत मधेश प्रदेशका पक्षधरताहरु छन् । तर नेकपाले जानकी प्रदेश र जनकपुर, माध्यमिकी परिक्रमा सहित पूरै धनुषा राजधानीको लागि प्रस्ताव दर्ता गराउँदा कुनै पनि सांसदले हालसम्म औपचारिकरुपमा असन्तुष्टि बाहिर सार्वजनिक गरेका छनैन् ।

    बुद्धिजिवीहरुको यस्तो तर्क
    प्रदेशसभामा रहेका नेकपा, कांग्रेस, समाजवादी पार्टी–राजपा नेपालले फरक फरक प्रस्ताव दर्ता गराएपछि प्रदेशको नाम र राजधानीको विवाद झनै बल्झिने बुद्धिजिविहरुले टिप्पणी गरेका छन् ।

    नाम र राजधानीको सवालमा दलहरुले गरेको प्रस्ताव अदूरदर्शी रहेको समेत उनीहरुको टिप्पणी छ ।

    बुद्धिजिवि रोशन जनकपुरीले संसदीय दलहरुले गरेको प्रस्तावको कारण दीर्घकालसम्मका लागि विवाद रहिरहने टिप्पणी गरेका छन् ।  जसको कारणले गर्दा आउने दिनमा भारतको विहारबाट झारखण्ड जस्तै प्रदेश २ मा समेत सांस्कृतिक र पहिचानको आन्दोलन हुन सक्ने खतरा औंल्याए ।

    राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र लाभले राजनीतिक अदूरदर्शीताका कारण दलहरुले प्रदेश २ को ऐतिहासिकता र संस्कृतिक महत्वको हिसाबले नाम प्रस्ताव गर्न नसकेको बताए ।

    रोशन जनकपुरीले ऐतिहासिकता तथा संस्कृति तथा राजनीतिक परिदृश्यको हिसाबले ‘मिथिला भोजपुरा मधेश’ नाम नै सबैभन्दा उपयुक्त हुने भएपनि त्यसमा राजनीतिक दलहरु चुकेको बताए ।

    राजनीतिक विश्लेषकहरुले दलहरु आ–आफ्नै अडानमा रहिरहे हाल प्रदेशसभामा दर्ता गराइएका प्रस्तावहरुमध्ये कुनै प्रस्ताव पारित हुने सम्भावना नरहेको पनि बताएका छन् ।
    उनीहरुले प्रदेशसभामा सहमति भएर कुनै नाम पारित भए पनि पछिसम्म विवाद रहिरहने सक्ने औंल्याएका छन् ।

    राजनीतिक विश्लेषक लाभले जनभावना अनुसार प्रदेशको नाम र राजधानीको प्रस्ताव कुनै पनि दलले ल्याउन नसक्नु दुःखद रहेको बताए ।

    प्रदेशसभाका सभामुख सरोजकुमार यादवले प्रस्ताव आह्वान गरेअनुसार प्रदेशको नाम र राजधानीबारे दलहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

    दलीय विवादका कारण आउने दिन मुख्यमन्त्री लालबाबु राउतका लागि प्रदेशको नाम र राजधानीको टुंगो लगाउने विषय सकसपूर्ण बन्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑