वीरगंज | दसैंका लागि फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्ने नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको सबै टिकट बिक्री भएको छ। निगमले दसैंलाई मध्यनजर गर्दै भैरहवाका लागि पठाउन लागेको जहाजका सबै टिकट एक दिनअघि नै बिक्री भइसकेका हुन्।
१५८ वटा यात्रुसिट क्षमता भएको जहाज प्याक भएको निगमले जनाएको छ। जहाजमा एकतर्फी उडानको मूल्य ३ हाजर ८९० रुपैयाँ तोकिएको छ भने ३० किलोसम्मको लगेजलाई नि:शुल्क गरेको छ।
दसैंका लागि काठमाडौं उपत्यका छाड्नको लर्को हुनु र भारी वर्षाका कारण सडक अवरुद्ध हुनुले यो समयमा हवाई यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता रहेको छ। महंगो भाडा तिरेर पनि सर्वसाधारण जोखिम र कष्टपूर्ण यात्रा गर्न बाध्य छन्।