• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभिव्यक्ति स्वतन्त्रता गम्भिर संकटमा पुगेको छ–प्रभु साह

  • वीरगंज संजाल
  • ८ आश्विन २०८१, मंगलवार १८:३८
  • ६७३

    वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरु दण्डित हुनुपर्ने कारणले ‘वाकस्वतन्त्रता’ गम्भिर अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

    आजपा पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले आजको समयमा वाकस्वतन्त्रता गम्भिर संकटमा पुगेको बताए । बर्षौदेखीको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त वाकस्वतन्त्रता सरकारकै कारण संकटमा परेको उनले बताए ।

    ‘नेपालमा वाकस्वतन्त्रताको बिषय गम्भिर बन्दैछ । सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरु उल्टै दण्डित हुनुपर्ने अवस्था छ । बर्षौदेखीको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त अभिव्यक्ति स्वतन्त्रता आज गम्भिर संकटमा परेको छ’ आजपा अध्यक्ष साहले भने, ‘नेताहरु सत्ताउन्मादमा मातेका छन् । आफ्नो कुकर्म छोप्न जेपनि स्तरमा पुगेका छन् । के सरकारको भ्रष्टाचारको विरोध गर्नै नहुने हो र ? नेताहरुले गरेको भ्रष्टाचारको विरोध गर्यो भने झुठो मुद्धा खेप्नुपर्ने अवस्था छ ।’
    सत्तामा पुगेका नेताहरुले भ्रष्टाचारमा देशैभरी आतंक मचाएको उनले आरोप लगाए । ‘हामी टुडिखेल बिर्सिएका छैनौं ।

    बिभिन्न क्षेत्रहरुमा सही कुरा बोले वापत झुठो मुद्धा लगाइएको छ । विरगंजमा विरगंज टेलिभिजनले मालपोतको बेथितिको बारेमा समाचार प्रशारण गरेवापत टेलिभिजनका पत्रकार, मालिकदेखी लिएर सही कुरा गर्ने उपभोक्तालाई समेत मुद्धा लगाइएको छ । यो भनेको स्वतन्त्रताको हकमाथिको हमला हो’ साहले भने ।

    अहिलेको लोकतन्त्र नभई दलाल लुटकारी दलतन्त्र भएको बताउँदै उनले दलतन्त्र राजाको पथमा अगाडी बढेको टिप्पणी उनले गरे । राजाको पथमा अगाडी बढनुभनेको बिनाको बाटो भएको उनले बताए । आम जनताले फेरी स्वतन्त्रताका लागि आन्दोलनमा उत्रिनुको बिकल्प नभएको बताउँदै उनले त्यसका लागि आम जनता पार्टीले नेतृत्व गर्न तयार रहेको बताए ।
    भ्रष्टाचार, बेथिति, कुशासन, अनियमितताको विरुद्धमा एकजुट भएर अगाडी बढनुको बिकल्प नभएको बताउँदै उनले अभिव्यक्ति स्वतन्त्रताका लागि सबैएकजुट नभए भ्रष्ट शासकले देशमा आतंक बचाउँने उनले बताए ।

    आजपाले गत ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्नेको थियो । यसका साथै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन र पार्टीद्धारा भईरहेका आन्दोलन लगायतको बिषयमा बैठकमा गम्भिर समिक्षा भएको छ ।

    पार्टीको निर्णय अनुसार धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने लगायतका बिषयलाई थप सशक्त रुपमा अगाडी बढाउँने बारेमा पदाधिकारी बैठकमा छलफल भएको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑