• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा हजारौं डाक्टर सडकमा

  • वीरगंज संजाल
  • ४ भाद्र २०८१, मंगलवार १०:११
  • ७५३

    वीरगंज । भारत पश्चिम बंगालको कोलकातास्थित सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलमा एक महिला चिकित्सकको बलात्कारपछि हत्याका दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन जारी राखेका छन्।

    इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा शनिबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरू अझै काममा नफर्किएका हुन्। उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन्। सोमबार पनि हजारौँ चिकित्सकहरूले इमर्जेन्सीबाहेकका बिरामीको जाँच गरेनन् भने धर्ना जारी राखे।

    राजधानी दिल्लीमा स्वास्थ्य मन्त्रालयनजिकै सयौँ चिकित्सकले प्रदर्शन गरेको भारतीय समाचार माध्यमले जनाएका छन्। सरकारले भने स्वास्थ्यकर्मीहरूको सुरक्षा व्यवस्था सुधारका उपाय सुझाउन समिति गठन गरिने जनाउँदै काममा फर्किन आग्रह गरेको छ। उनीहरुले सोमबार सडकमै राखी बाँधेका छन्। सोमबार रक्षा बन्धन परेको हुनाले उनीहरुले सडकमै राखी बाँधे।

    भारत पश्चिम बंगालको कोलकातास्थित सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलमा एक महिला चिकित्सकको बलात्कारपछि हत्याका दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन जारी राखेका छन्।

    इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा शनिबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरू अझै काममा नफर्किएका हुन्। उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन्। सोमबार पनि हजारौँ चिकित्सकहरूले इमर्जेन्सीबाहेकका बिरामीको जाँच गरेनन् भने धर्ना जारी राखे।

    राजधानी दिल्लीमा स्वास्थ्य मन्त्रालयनजिकै सयौँ चिकित्सकले प्रदर्शन गरेको भारतीय समाचार माध्यमले जनाएका छन्। सरकारले भने स्वास्थ्यकर्मीहरूको सुरक्षा व्यवस्था सुधारका उपाय सुझाउन समिति गठन गरिने जनाउँदै काममा फर्किन आग्रह गरेको छ। उनीहरुले सोमबार सडकमै राखी बाँधेका छन्। सोमबार रक्षा बन्धन परेको हुनाले उनीहरुले सडकमै राखी बाँधे।

    घटनाको विरोधमा भारतका विभिन्न सहरमा प्रदर्शन जारी छ भने कोलकातामा कानुन व्यवसायीले पनि प्रदर्शन गरेका छन्।

    यही अगस्ट ९ गते राति ३६ घण्टा लामो सिफ्टका क्रममा सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो। सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिए पनि अहिलेसम्म सोही अस्पतालमा खटिएका सञ्जय राय नाम गरेको एक स्वयंसेवक प्रहरीलाई मात्रै गिरफ्तार गरिएको छ।

    पश्चिम बंगाल सरकारको प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै उच्च अदालतले मुद्दा हेर्ने जिम्मा प्रहरीको केन्द्रीय जाँच ब्युरो(सीबीआइलाई दिएको छ।

    यसैबीच उच्च अदालतले आरोपितको पोलिग्राफिक टेस्ट अर्थात् झुटो बोले–नबोलेको पत्ता लगाउने परीक्षण गर्न अनुमति दिएको छ।

    यता सर्वोच्च अदालतले सो घटनाको स्वतः संज्ञान लिएको छ भने प्रधानन्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको तीन सदस्यीय इजलासले यस विषयमा आज सुनुवाइ गर्दै छ।

    पीडितको शव परीक्षण रिपोर्टमा चरम यातना र निसास्सिएर उनको मृत्यु भएको उल्लेख गरिएको भारतीय समाचार माध्यमले जनाएका छन्।

    बलात्कारपछि घाँटी अँठ्याएर उनको हत्या गरिएको आंशका गरिएको छ। रिपोर्टमा उनको टाउको, गाला, ओठ, नाक ,देब्रे हात, देब्रे काँध, घुँडा, गुप्ताङ्गलगायत थुप्रै अङ्गमा चोट लागेको उल्लेख छ।

    फोक्सोमा रक्तस्राव भएको र शरीरका अन्य भागमा रगत जमेको पाइएको उल्लेख गरिएको छ।

    यसअघि सन् २०१२ मा दिल्लीमा एउटा गुडिरहेको बसमा एक २३ वर्षीया विद्यार्थी निर्भयामाथि भएको सामूहिक बलात्कार र हत्याको घटनापछि भारतमा भएको बलात्कार र हत्याको यो अर्को ठूलो घटना हो।

    उक्त घटनापछि सरकारले कानुनमा संशोधन गर्दै बलात्कारीलाई मृत्युदण्डसम्मको कानुनी व्यवस्था गरेको थियो । कठोर कानुनका बाबजुद पनि महिलाविरुद्धको यौनजन्य हिंसा भारतमा ठुलो समस्याका रुपमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑