भारत । उत्तर प्रदेशको हातरसमा आइतवार बिहान ठूलो दुर्घटना भएको छ। गंगा स्नानका लागि जाँदै गरेका श्रद्धालुहरू सवार डबल डेकर बस सडक किनारमा पल्टिएको छ। सबै श्रद्धालुहरू सोरो कछला घाटमा गंगा स्नानका लागि जाँदै थिए। प्रारम्भिक जानकारी अनुसार, बसका चालक नशामा गाडी चलाइरहेका थिए जसले गर्दा बस अनियन्त्रित भई पल्टिएको थियो।
बस पल्टिनासाथ श्रद्धालुहरूमा त्रास फैलियो। घटनास्थलमा पुगेको प्रहरीले उद्धार गर्दै सबै घाइतेहरूलाई बसबाट बाहिर निकालेर अस्पताल पठाएको छ। दुर्घटना थानाकोतवाली हसायन क्षेत्रको रति का नगला नजिक भएको हो। दुर्घटनामा घाइते भएका कैयौँ श्रद्धालुहरूको अवस्था गम्भीर रहेको छ।
फिलहाल, घटनास्थलमा प्रहरी क्रेनको मद्दतले बसलाई साइड गराउँदै सडक खुलाउने प्रयास गरिरहेका छन्।