वीरगन्ज । पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले देशका विभिन्न स्थानीय तहमा बिजुली र पानी निःशुल्क गराउन गरेको निरन्तर संघर्षले आईतबार एक महत्वपूर्ण सफलता प्राप्त गरेको छ। फतुवाबिजयपुर नगरपालिकाका सम्पूर्ण आम जनताका तर्फबाट मौलापुर विद्युत प्राधिकरणका प्रमुख दिनेश कुमार यादवलाई विद्युत महशुल बापत रु २,७५,२३,३२७.३० (दुई करोड पचहत्तरी लाख तेइस हजार तीन सय सताइस रुपैया पैसा तीस मात्र) को चेक प्रदान गरिएको छ।
यो महत्वपूर्ण उपलब्धि प्रमुख प्रशासकीय अधिकृत वकील पालले प्रदान गरेका चेक मार्फत हासिल भएको हो। प्रमुख यादवले बताए अनुसार यो चेक आम जनता पार्टीको निरन्तर दवाव र संघर्षको परिणामस्वरूप प्रदान गरिएको हो।
केही महिना अगाडि मात्रै, आम जनता पार्टीका नगर अध्यक्ष एवम् मेयर प्रत्याशी यादवले मेयर अम्ब्या खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई नगरका विभिन्न तहका नेताहरूले निःशुल्क कर सहित १० बुँदे माग सहित ज्ञापन पत्र बुझाएका थिए। त्यसपछि पार्टीको निरन्तर दवाव र संघर्षले गर्दा बिजुलीको महशुल तिर्ने कुरा सफल भएको हो।
यो सफलता आम जनता पार्टीको संघर्षको बलमा सम्भव भएको छ, जसले स्थानीय तहका जनतालाई ठूलो राहत मिलेको छ। पार्टीले आगामी दिनमा पनि जनताको पक्षमा निरन्तर संघर्ष जारी राख्ने बताएको छ। आम जनता पार्टीले यसरी बिजुली र पानी निःशुल्क गर्न गरेको प्रयासले अन्य स्थानीय तहमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
फतुवाबिजयपुर नगरपालिकाका जनताहरूले आम जनता पार्टीलाई धन्यवाद दिएका छन् र यस कार्यलाई ऐतिहासिक उपलब्धि मानेका छन्। पार्टीको यो सफलता समग्र देशका लागि प्रेरणादायी बनेको छ।