• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पेन्टागनले प्याट्रिअट क्षेप्यास्त्र ‘तत्कालै’ युक्रेन पठाउने

  • वीरगंज संजाल
  • १५ बैशाख २०८१, शनिबार १९:३०
  • १२०१

    पेन्टागनले आफ्नो नयाँ सैन्य सहायता प्याकेज अन्तर्गत युक्रेनलाई तत्कालै ‘प्याट्रिअट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराइने जनाएको छ। वासिङ्टनले घोषणा गरेको सहायता प्याकेजमध्ये ६ अर्ब डलर त्यसमा खर्च गर्ने अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले बताएका छन्। अमेरिकाले क्षेप्यास्त्र प्रहारका लागि प्रयोग गरिने प्याट्रिअट प्रक्षेपण प्रणाली भने युक्रेन नपठाइने जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसबाट खतरा बढ्दै गएको अवस्थामा जीवनरक्षा गर्नसक्ने प्याट्रिअट आफ्नो देशलाई “जतिसक्दो चाँडो” आवश्यक भएको बताएका छन्।

    अमेरिकी राष्ट्रपति जो बाइडनले बुधवार हस्ताक्षर गरेको युक्रेनलाई सहयोग गर्ने सम्बन्धी एक कानुन अन्तर्गत दिइने ६० अर्ब अमेरिकी डलर सहयोग मध्येबाटै ६ अर्बको उक्त प्रणाली पठाउन लागिएको स्रोतले बीबीसीलाई बताएको छ। अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो
    युद्धबन्दी सवार विमान कसले र किन खसाल्यो? यस्ता छन् रुस र युक्रेनका दाबी अस्टिनले एक पत्रकार सम्मेलनका क्रममा अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सुरक्षा सहयोग गरिरहेको र आवश्यक आपूर्ति तत्कालै पठाउने बताएका थिए। के के पठाउँदै छ अमेरिकाले? अमेरिकाले पठाउन लागेका अस्त्रहरूमा हवाई रक्षा प्रणाली, ड्रोन प्रतिरक्षा प्रणाली र गोलाबारुद छन् तर त्यसमा प्याट्रिअट क्षेप्यास्त्र प्रक्षेपण प्रणाली छैन। “उनीहरूलाई प्याट्रिअट मात्रै चाहिएको होइन। उनीहरूलाई अरू प्रकारका अस्त्र र र प्रतिरक्षा प्रणालीहरू पनि चाहिएको छ,” अस्टिनले भने। “म सबैलाई प्याट्रिअटलाई युद्धको निर्णायक अस्त्र बनाउने कुरामा सचेत गराउन चाहन्छु।” उनले किएभलाई छिट्टै थप क्षेप्यास्त्र प्रणालीहरू समेत उपलब्ध गराइने बताए। थप क्षमताका अस्त्र उपलब्ध गराउनेबारे युरोपेली साझेदारहरूसँग पनि कुरा भइरहेको अस्टिनले बताएका छन्। यूएस जोइन्ट ची अफ स्टाफका अध्यक्ष जेनरल चार्ल्स ब्राउनले यस्तो सहयोगले युक्रेनले युद्धको अग्रमोर्चामा बमबारीमा कटौती गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताएका छन्। अन्तर्राष्ट्रिय सहयोगको केही अंश युक्रेनको आफ्नै प्रतिरक्षा प्रणाली विकासका लागि पनि खर्च भइरहेका छन्। यसबाट उसले आफूलाई अति आवश्यक पर्ने अस्त्रहरू आफैँ निर्माण गर्न सुरु गर्ने ठानिएको छ।
    अस्टिनका अनुसार रुसी पक्षले यसअघिबाटै गोला बारुद र अन्य हतियारहरू स्वदेशमै उत्पादन गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ। उनले रुसले इरान र उत्तर कोरियाबाट पनि ल्याइरहेको बताए। “युक्रेनसँगै युरोप र अमेरिकाका लागि पनि कति कुरा दाउमा छन् भन्ने बुझ्न जरुरी छ,” उनले भने।

    “यदि युक्रेनमा पुटिन हाबी भए भने युरोपले यसअघि कहिल्यै नभोगेको सुरक्षा जोखिम सामना गर्नुपर्ने हुनसक्छ। रुस युक्रेनमा मात्रै रोकिनेवाला छैन।” अमेरिकी सहायताले युक्रेनी फौजलाई जोगाउन सक्ला भन्नेबारे सोधिएको प्रश्नमा अस्टिनले आफूहरूको सहायताबारे प्रतिबद्धता ‘तत्काल’ नभई ठोस वास्तविक भएको बताए। “त्यहाँ पुगेर वितरणका लागि केही समय लाग्नसक्छ। तर युक्रेनीहरूले यसलाई राम्रोसँग प्रयोग गर्न सक्छन् र धेरै राम्रो गर्न सक्छन्।” युक्रेनले शुक्रवार मात्रै रुसले आफ्नो रेलवे प्रणालीमा आक्रमणको तयारी गरिरहेको चेतावनी सार्वजनिक गरेपछि अमेरिकी रक्षामन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। युक्रेनी सुरक्षा स्रोतहरूले एएफपी समाचार संस्थालाई बताए अनुसार मस्कोले किएभको सैन्य सामग्रीको ढुवानी रोक्न उसको रेलवे प्रणाली नष्ट गर्न चाहेको छ।

    युक्रेनसँग एस-३०० जस्ता जमिनबाट आकाशमा प्रहार गरिने क्षेप्यास्त्र र पश्चिमा क्षेप्यास्त्रहरू रोक्ने प्याट्रिअटको सङ्ख्या निकै कम छ। ती युक्रेनसँग भएका सबैभन्दा सक्षम र महँगो हवाई प्रतिरक्षा प्रणाली मानिन्छ। प्याट्रिअटको एउटा ब्याट्रीको मूल्य एक अर्ब र क्षेप्यास्त्रलाई चालिस लाख अमेरिकी डलर पर्छ।
    युक्रेनका रक्षा र विदेशमन्त्रीले यस्ता उपकरण तत्कालै उपलब्ध गराउन जर्मन समकक्षीहरूसँग अनुरोध गरिरहेका छन्। ग्रीससँग पनि प्याट्रिअट र एस-३०० छन्। तर उसले तत्काल उपलब्ध गराउन नसकिने जनाएको छ। स्पेनले पनि केही प्याट्रिअट क्षेप्यास्त्रहरू उपलब्ध गराउने भए तापनि पूरा प्रणाली उपलब्ध नगराउने विवरणहरू आएका छन्। पछिल्ला महिनाहरूमा किएभको अस्त्र भण्डार रित्तिने क्रममा रहेको र रुस बिस्तारै अघि बढ्न सुरु गरेपछि युक्रेनले आफ्ना पश्चिमा सहयोगी देशहरूसँग सहयोग माग गरिरहेको छ। युक्रेनी अधिकारीहरूले पश्चिमा सहयोगी देशहरूबाट सैन्य सहयोग आउन ढिलाइ हुँदा आफ्नो पक्षमा मानवीय क्षति हुनुका साथै भूभाग पनि गुमाउनु परेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑