पर्सा । पर्साको कालिकामाई गाउँपालिका अन्तर्गत रहेको कालिकामाई मन्दिर निर प्राचीन कालदेखि नै रामनमिको दिन भव्य मेला लाग्दै आएकोछ !
मेलामा पाल्नुहुने भक्तजनहरूको सेवाको निम्ति कालिकामाई युवा समाजले निःशुल्क खाजा, पानी तथा स्वास्थ्य शिविरको आयोजना गरी ९०० पानीको बोतल, ३५ किलो चना र ३ बोरा भुजा वितरण गर्नुका साथै सैकडो व्यक्तिहरूको स्वास्थ्य चेकजाँच गरिएको संस्थाका कोषाध्यक्ष बुलेट तिवारीले बताए!
कालिकामाई युवा समाज सुरुवाती दिन देखिनै अग्र पङ्तीमा रहेर सामाजिक कार्य गर्दै आएकोछ, मेलामा पाल्नुहुने भक्तजनहरूको स्वास्थ्यको मध्यनजर गर्दै आफूहरु निःशुल्क खाजा, पानी तथा स्वास्थ्य शिविर आयोजना गरेको र उक्त कार्यक्रममा विशेष सहयोग संस्थाका महा सचिव विशाल कुशवाहाले गर्नुभएको थियो भने स्वास्थ्य शिविरको लागि औषधि उपलब्ध पालिकाको स्वास्थ्य शाखाले गरेको युवा समाजको अध्यक्ष आकाश चौरसिया ले जानकारी दिए!
कार्यक्रममा कालिकामाई युवा समाजको अध्यक्ष आकाश चौरसिया,वरिष्ट उपाध्यक्ष आकाश महतो केवट,उपाध्यक्ष भरत साह तेली,महा सचिव विशाल कुशवाहाले, सचिव विकाश पटेल, कोषाध्यक्ष बुलेट तिवारी,सदस्यहरु चन्द्रशेखर पटेल,राकेश सर्राफ,सुदिप चौरसिया,दिपेन्द्र गुप्ता, रमेश चौरसिया, मोहन कुशवाहा,अनिश कलवार,विवेक कुशवाहा लगायतका युवाहरुको सहभागिता रहेको थियो!